दफा ४१४: सम्पत्ति हस्तान्तरण गर्न सक्ने

Estimated reading: 0 minutes 3 views

१) यस संहिता वा प्रचलित कानून बमोजिम करार गर्न अक्षम व्यक्ति बाहेक अन्य जुनसुकै व्यक्तिले यस संहिताको अधीनमा रही आफ्नो हक र स्वामित्वको सम्पत्ति एक वा एकभन्दा बढी व्यक्तिलाई अलग अलग वा संयुक्त रूपमा हस्तान्तरण गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिमको सक्षमता वा असक्षमताको निर्धारण निजले सम्पत्ति हस्तान्तरण गर्दाको बखत निज सक्षम वा असक्षम रहेको आधारमा गरिनेछ ।

३) उपदफा (१) बमोजिम कसैले आफ्नो हक र स्वामित्वको सम्पत्ति तत्काल वा शेष पछि हक हुने गरी हस्तान्तरण गर्न सक्नेछ ।

४) यस दफा बमोजिम सम्पत्ति हस्तान्तरण गर्दा कानूनको रीत पुर्‍याई लिखत गर्नु पर्नेछ ।

तर,

(१) एक लाख रूपैयाँसम्मको नगद वा कुनै चल सम्पत्ति दान वा बकस गर्दा लिखत गर्नु पर्ने छैन ।

(२) चल सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा प्रचलित कानून बमोजिम हुनेछ ।

Share this Law

दफा ४१४: सम्पत्ति हस्तान्तरण गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.