दफा २९१: सार्वजनिक स्थलमा पशु वा पक्षी मार्न नहुने

Estimated reading: 0 minutes 1 views

१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै पशु वा पक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्न हुँदैन ।

तर परम्परादेखि नै पशु वा पक्षीको बध गर्न चली आएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पक्षी मार्न बाधा पर्ने छैन ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सार्वजनिक स्थल” भन्नाले बाटो, सडक, पुल, चौर वा मानिस आवत जावत गर्ने ठाउँ सम्झनु पर्छ ।

२) उपदफा (१) बमोजिम बली दिनुपर्दा परम्परादेखि बली दिदै आएको धार्मिकस्थल बाहेक अन्य सार्वजनिक वा धार्मिकस्थलमा पशु वा पक्षीको बली दिन सकिने छैन ।

३) उपदफा (१) बमोजिम पशु वा पक्षीको बली दिनुपर्दा पशु वा पक्षीको बलीको विकल्पमा हुन सक्ने अन्य उपाय भएमा त्यस्तो उपाय अवलम्बन गर्नु पर्नेछ ।

४) उपदफा (३) बमोजिमको उपाय अपनाउन सम्भव नभई पशु वा पक्षीको बली दिनु परेमा त्यस प्रयोजनका लागि सम्बन्धित धार्मिक स्थलका व्यवस्थापकले निर्धारण गरेको ठाउँमा र निर्धारण गरेको विधि बमोजिम बली दिने काम गर्नु पर्नेछ ।

५) यस दफा बमोजिम कसुर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

Share this Law

दफा २९१: सार्वजनिक स्थलमा पशु वा पक्षी मार्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.