दफा ५७८: नासो लिने व्यक्तिको दायित्व

Estimated reading: 1 minute 3 views

१) नासो लिने व्यक्तिले नासो लिएको वस्तु करारमा उल्लेख भएका शर्त बमोजिम र त्यसरी शर्त उल्लेख नभएकोमा निजको आफ्नै वस्तु सरह मनासिब हेरविचार तथा सुरक्षा गर्नु पर्नेछ ।

२) करारमा अन्यथा व्यवस्था भएकोमा वाहेक उपदफा (१) बमोजिम हेरविचार तथा सुरक्षा गर्दा गर्दै पनि नासो लिएको वस्तु हराएमा, चोरीएमा, बिग्रिएमा, नासिएमा, घटेमा वा त्यस्तो वस्तुमा विपद् परी नासिएमा नासो लिने व्यक्तिले त्यस्तो वस्तु फिर्ता बुझाउनु पर्ने छैन ।

तर नासो लिने व्यक्तिको लापरवाही वा बदनियतबाट वा करारका शर्त बमोजिम हेरविचार वा सुरक्षा नगरेको कारणबाट त्यस्तो वस्तु हराएमा, चोरिएमा, बिग्रिएमा, नासिएमा, घटेमा वा नोक्सानी भएमा निजले त्यस्तो वस्तु वा त्यसको मूल्य बराबरको रकम नासो दिने व्यक्तिलाई दिनु पर्नेछ ।

३) नासो लिने व्यक्तिले नासो लिएको वस्तु करार बमोजिम प्रयोग गर्ने अधिकार नभई प्रयोग गरेमा वा करारका शर्त विपरीत प्रयोग गरेमा त्यस्तो प्रयोगबाट नासो लिएको वस्तु बिग्रेमा, हानी, नोक्सानी भएमा, नासिएमा, घटेमा वा नोक्सानी भएमा नासो लिने व्यक्तिले नासो दिने व्यक्तिलाई त्यसको क्षतिपूर्ति दिनु पर्नेछ ।

४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक नासो लिने व्यक्तिले नासो लिएको वस्तु आफ्नो वस्तुसँग मिसाउन हुँदैन।

तर नासो लिने दिनेको सहमतिले नासो लिएको वस्तुमा नासो लिनेले आफ्नो वस्तु मिसाएको रहेछ भने त्यस्तो वस्तु तथा त्यसबाट प्राप्त आम्दानीमा दुवैको आ-आफ्नो हिस्सा बमोजिमको अनुपातमा हक लाग्नेछ ।

५) नासो लिनेले नासो दिनेको सहमति बिना नासोको वस्तुसँग आफ्नो वस्तु मिसाएको रहेछ र त्यसरी मिसाइएको वस्तु छुट्याउन सकिने रहेछ भने त्यस्तो मिसाएको आ-आफ्नो वस्तुमा निजहरूको आ-आफ्नो हक कायम रहनेछ र त्यसरी मिसाइएको वस्तु छुट्याउन लागेको खर्च र त्यस्तो वस्तु मिसाउँदा नासो दिनेलाई कुनै नोक्सान भएको रहेछ भने त्यसरी भएको नोक्सानी समेत नासो लिनेले व्यहोर्नु पर्नेछ ।

६) नासो लिनेले नासो दिनेको सहमति बिना नासोको वस्तुसँग आफ्नो वस्तु मिसाएमा र त्यस्तो वस्तु उपदफा (५) बमोजिम त्यस्तो वस्तु छुट्याउन नसकिने भएमा त्यस्तो वस्तु उपर नासो दिनेको अधिकार हुनेछ ।

Share this Law

दफा ५७८: नासो लिने व्यक्तिको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.