दफा १२९: इजाजतपत्र प्राप्त नगरी हातहतियार उत्पादन गर्न नहुने

Estimated reading: 1 minute 3 views

१) कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लिखित शर्त तथा बन्देज विपरीत हुने गरी हातहतियार वा खरखजानाको उत्पादन गर्न वा त्यसको मर्मत संभार गर्न हुँदैन।

स्पष्टीकरण: यस संहिताको प्रयोजनका लागि,-

(क) “हातहतियार” भन्नाले तोप, मोर्टार, बख्तरबन्द गाडी, मेशिनगन, राइफल, बन्दुक, पिस्तोल, रिभल्वर वा खरखजाना प्रयोग गरी वा नगरी चलाइने त्यस्तै प्रकृतिका अन्य यन्त्र सम्झनु पर्छ र सो शब्दले हातहतियार बनाउने मेशिन, उपकरण र हातहतियारको पाटपूर्जा समेतलाई जनाउँछ,

(ख) “मेशिनगन” भन्नाले ब्रेनगन, लुइसगन, स्टेगन, मेशिन, कारबाइन, टम्स मेशिन कारबाइन, जी.एम.जी, सर्ट मेसिन गन वा त्यस्तै प्रकृतिका स्वचालित हातहतियार सम्झनु पर्छ र सो शब्दले मेशिनगन बनाउने मेशिन, उपकरण र मेशिन गनको पाटपूर्जा समेतलाई जनाउँछ,

(ग) “खरखजाना” भन्नाले हातहतियारमा राख्ने बारुद, केप, गोली, छर्रा, डिटोरेनेटर, कार्तुस, फ्यूज वा त्यस्तै प्रकृतिका अन्य पदार्थ समेतलाई जनाउँछ।

२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई हातहतियार वा खरखजानाको जोखिमको गम्भीरता हेरी दश वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिबाना हुनेछ।

Share this Law

दफा १२९: इजाजतपत्र प्राप्त नगरी हातहतियार उत्पादन गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.