दफा ३३८: गुठीको उल्लङ्घन

Estimated reading: 1 minute 35 views

१) गुठी सञ्चालकले यस परिच्छेद बमोजिम पूरा गर्नु पर्ने दायित्व पूरा नगरेमा निजले गुठी उल्लङ्घन गरेको मानिनेछ।

२) उपदफा (१) बमोजिम गुठीको उल्लङ्घन भएमा त्यसबाट गुठीको सम्पत्ति वा हितग्राहीलाई हुन गएको हानि, नोक्सानी बापत त्यसरी गुठी उल्लङ्घन गर्ने गुठी सञ्चालक जिम्मेवार हुनेछ र त्यस बापतको दायित्व निजले व्यहोर्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिम दायित्व व्यहोर्नु पर्दा गुठी उल्लङ्घन नहुँदा गुठी वा हितग्राहीलाई जे जस्तो आय वा लाभ हुने थियो सोही बराबरको लाभ गुठी उल्लङ्घन गर्ने गुठी सञ्चालकले व्यहोर्नु पर्नेछ ।

४) कुनै गुठीमा एकभन्दा बढी गुठी सञ्चालक भएकोमा गुठी उल्लङ्घन गर्ने प्रत्येक गुठी सञ्चालकले गुठी उल्लङ्घन गरेको कारणबाट हानि, नोक्सानी बापत सामूहिक रूपमा दायित्व व्यहोर्नु पर्नेछ ।

५) कुनै गुठीको एक अंशमा गुठी उल्लङ्घन भएको र अर्को कुनै अंशमा लाभ प्राप्त भएकोमा गुठी सञ्चालकले त्यस्तो लाभलाई आफ्नो दायित्व पूरा गर्ने काममा प्रयोग गर्न सक्ने छैन ।

६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा गुठी सञ्चालकले गुठी उल्लङ्घन सम्बन्धमा भएको हानि, नोक्सानी वापतको दायित्व व्यहोर्नु पर्ने छैन:-

(क) कानूनको कार्यान्वयनबाट हुन गएको हानि, नोक्सानी,

(ख) आफूभन्दा पहिलेको गुठी सञ्चालकको कुनै काम वा त्यसको परिणामबाट गुठी उल्लङ्घन हुन गई भएको हानि, नोक्सानी ।

७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनुभन्दा अघि तत्काल प्रचलित कानून बमोजिम संस्थापना भई सञ्चालन हुँदै आएका गुठीको सम्बन्धमा कसैले देहायको काम गरेमा गुठी उल्लङ्घन गरेको मानिनेछ:-

(क) गुठीको दानपत्र, शिलापत्र वा त्यस्तो गुठी राख्ने लिखत बमोजिमको काम नगरेमा,

(ख) गुठी राख्ने वा निजका सन्तान वा हकवालाले गुठीको दानपत्र शिलापत्र समेतका लिखत बमोजिमको काम चलाई भोग चलन गर्न पाउने शेष बाँकी बाहेक गुठीको जग्गा बेच-बिखन गरेमा, दान दातव्य दिएमा वा धितो बन्धक राखेमा, वा

(ग) गुठीको चल सम्पत्ति गुठीको कामका लागि चलन व्यवहार गर्दा मनासिब तवरले खिए घटेकोमा वाहेक गुठियारले हिनामिना गरेमा ।

(घ) उपदफा (७) बमोजिम गुठीको उल्लङ्घन गरेमा यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको कानून बमोजिम कारबाही हुनेछ ।

Share this Law

दफा ३३८: गुठीको उल्लङ्घन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.