दफा ५३१: परिस्थितिमा आधारभूत परिवर्तन भएमा करार परिपालना गर्न नपर्ने

Estimated reading: 1 minute 1 views

१) करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भई करारको परिपालना गर्न असम्भव भएमा करार बमोजिमको काम गर्न पर्ने छैन ।

२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल नहुने गरी देहायको कुनै अवस्था भएमा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिनेछ:-

(क) करार अवैध भई पालना गर्न नहुने भएमा,

(ख) युद्ध, बाढी, पहिरो, आगलागी, भूकम्प, ज्वालामुखी जस्ता मानवीय नियन्त्रणभन्दा बाहिरका परिस्थिति उत्पन्न भई करारको परिपालना हुन सम्भव नहुने भएमा,

(ग) करारको परिपालना हुनको लागि जुन वस्तु आवश्यक थियो त्यस्तो वस्तु नष्ट वा विनाश भएमा, त्यसको अस्तित्व नरहेमा वा त्यस्तो वस्तु प्राप्त हुन नसक्ने भएमा,

(घ) व्यक्तिगत सक्षमता, दक्षता वा प्रतिभाबाट सेवा प्रदान गर्ने गरी करार भएकोमा त्यस्तो सेवा प्रदान गर्ने व्यक्तिको मृत्यु भएमा, निज होस ठेगानमा नरहेमा वा निजको शारीरिक वा मानसिक अशक्तताको कारणले करार पूरा गर्न नसक्ने भएमा ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिने छैन:-

(क) करारको परिपालना गर्न कठिनाई भएमा,

(ख) करारको परिपालना गर्दा न्यून मुनाफा हुने वा नोक्सान हुने भएमा,

(ग) करार पूरा गर्ने पक्ष त्यस्तो करारको पक्ष नभएको तेस्रो पक्षमा आश्रित रहेकोमा त्यस्तो तेस्रो पक्षले गल्ती गरेमा वा निज असक्षम भएमा,

(घ) हडताल वा तालाबन्दी भएमा,

(ङ) थप कर, दस्तुर वा अन्य कुनै राजस्व तिर्नु परेमा,

(च) एकभन्दा बढी प्रयोजनको लागि करार भएकोमा तीमध्ये कुनै कुरा पूरा नहुने भएमा ।

४) उपदफा (३) बमोजिमको अवस्था उत्पन्न भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक पक्षहरूले करारका शर्तहरू पुनरावलोकन गर्न वा हेरफेर गर्न वार्ता गर्न सक्नेछन् ।

५) उपदफा (२) बमोजिम परिस्थितिमा आधारभूत परिवर्तन भई करारको परिपालना गर्न असम्भव भएमा देहायका कुराहरूमा देहाय बमोजिम हुनेछः

(क) परिस्थितिका त्यसरी परिवर्तन हुनु अघि करार बापत एक पक्षबाट भुक्तानी भएको रकम अर्को पक्षलाई फिर्ता गर्नु पर्ने,

(ख) करार बापत एक पक्षले अर्को पक्षलाई भुक्तानी गर्नु पर्ने वा गर्नु बाँकी रहेको रकम परिस्थितिमा त्यसरी परिवर्तन भएपछि भुक्तानी योग्य हुन नसक्ने,

(ग) परिस्थितिका त्यसरी परिवर्तन हुनु अघि कुनै पक्षले कुनै काम गरिसकेको वा रकम चुक्ता गरिसकेको भएमा त्यस्तो काम वा रकमको हिसाब गरी एक अर्कालाई दिनु पर्ने रकम यकिन गर्नु पर्ने र त्यस्तो करार बापत एक पक्षले गरेको मनसिब खर्च अर्को पक्षबाट भराई लिन सक्ने ।

६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (ख) को परिस्थिति अन्त्य भएपछि करारका पक्षहरू करारको परिपालनालाई निरन्तरता दिई आ-आफ्ना दायित्व पूरा गर्न सहमत हुन सक्नेछन् ।

Share this Law

दफा ५३१: परिस्थितिमा आधारभूत परिवर्तन भएमा करार परिपालना गर्न नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.