दफा ६२७: हायर पर्चेज करार भएकोमा त्यसको परिणति

Estimated reading: 1 minute 8 views

१) करारमा अन्यथा लेखिएको भए तापनि पक्षहरू बीच भएको हायर पर्चेज करारमा देहायका शर्तहरू अन्तर्निहित रहेको मानिनेछ:-

(क) भाडामा लिन व्यक्तिले भाडामा लिएको वस्तु निर्वाध रूपमा भोगचलन गर्न सक्ने अधिकार भएको,

(ख) वस्तुको धनीले भाडामा लिन व्यक्तिलाई भोगचलनका लागि वस्तु हस्तान्तरण गर्दाका बखत कुनै किसिमको दस्तुर नलाग्ने वा कसैको दाबीबाट त्यस्तो वस्तु मुक्त रहेको,

(ग) भाडामा लिने व्यक्तिलाई त्यस्तो वस्तु नमूनासँग भिडाउन सक्ने मनासिब अवसर हुने कुरालाई वस्तु धनीले आश्वासन दिएको,

(घ) वस्तुको धनीले भाडामा लिन व्यक्तिलाई वस्तु हस्तान्तरण गर्दाका बखत त्यस्तो वस्तु निजले बिक्री गर्न सक्ने अधिकार रहेको,

(ङ) वस्तु हस्तान्तरण गर्दाका बखत खण्ड (क) बमोजिमको वस्तु सन्तोषप्रद (सेटिसफेक्टोरी) गुणस्तरको रहेको,

(च) कुनै खास प्रयोजनको लागि कुनै वस्तु भाडामा लिएको कुरा त्यस्तो वस्तु धनीलाई भाडामा लिन व्यक्तिले जानकारी गराएको भए त्यस्तो वस्तुको धनीले त्यस्तो प्रयोजनको लागि त्यस्तो वस्तु वा त्यसको गुणस्तर उपयुक्त रहने कुरामा प्रत्याभूति दिएको ।

२) उपदफा (१) को खण्ड (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा वस्तुको गुणस्तर उपर वस्तु धनी जिम्मेवार रहने छैनः-

(क) जुन वस्तुका सम्बन्धमा हायर पर्चेज करार भएको हो त्यस्तो करार गर्दाका बखत वस्तु धनीले वस्तुको खराबी (डिफेक्ट) थाहा पाउन नसकेकोमा,

(ख) हायर पर्चेज करारमा नै वस्तुको गुणस्तर कम भएको बारेमा उल्लेख भएकोमा,

(ग) भाडामा लिने व्यक्तिले त्यसको कुनै नमूना (स्याम्पल) संकलन गरी जाँच गरेकोमा त्यस्तो नमूनासँग वस्तुको गुणस्तर मेलिएकोमा,

(घ) प्रयोग भइसकेको वस्तुको सम्बन्धमा हायर पर्चेज करार भई त्यस्तो करारमा त्यस्तो विषय उल्लेख गरेकोमा ।

३) भाडामा लिन व्यक्तिले कुनै वस्तु नमूनाको आधारमा भाडामा लिएको भए त्यस्तो सम्पूर्ण वस्तु नमूनासँग मिल्ने कुराको आश्वासन त्यस्तो वस्तुको धनीले दिएको मानिनेछ ।

४) यस परिच्छेद बमोजिम करार भई कुनै वस्तु वा त्यसको गुणस्तरको विवरण करारमा उल्लेख भएकोमा त्यस्तो वस्तु वा त्यसको गुण करार बमोजिम नै हुने गरी त्यस्तो वस्तु धनीले प्रत्याभूति दिएको मानिनेछ ।

तर नमूना समेत करारमा उल्लेख भएकोमा एकमुष्ट वस्तु हस्तान्तरण गर्दा त्यस्तो वस्तुको गुणस्तरको नमूनासँग नै भिडेकोमा त्यस्तो पर्याप्त हुने छैन र करारको विवरणसँग नै भिड्नु पर्नेछ ।

Share this Law

दफा ६२७: हायर पर्चेज करार भएकोमा त्यसको परिणति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.