दफा १२३ः सामूहिक माग दाबी पेश गर्ने सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 0 minutes 432 views

१) चिया बगान, कार्पेट क्षेत्र, निर्माण व्यवसाय, श्रम आपूर्नितकर्ता, यातायात क्षेत्र वा तोकिए बमोजिमका समान प्रकृतिको वस्तु उत्पादक वा सेवा प्रदायक वा व्यवसायीहरुको उद्योग समूहमा क्रियाशील ट्रेड युनियन संघले सम्बन्धित उद्योग समूहको रोजगारदाता संघ समक्षमा तोकिए वमोजिम सामूहिक सौदावाजी समिति वनाई सामूहिक माग दावी पेश गर्न सक्ने छन्‌।

२) उपदफा (१) बमोजिमको माग दावी पेश गर्ने तरिका, सामूहिक सौदावाजी सम्बन्धी कार्यविधि तथा सम्झौता सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

३) यस दफा बमोजिमको सामूहिक सम्झौता लागू भएको प्रतिष्ठानको हकमा यस परिच्छेद बमोजिम सामूहिक माग दावी पेश गर्न तथा सम्झौता गर्न पाइने छैन।

४) दफा १२२ को उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले कुनै निश्चित समयमा सामूहिक माग दावी पेश गर्ने र वार्ता गर्नुपर्ने गरी आदेश जारी गर्न सक्नेछ।त्यस्तो आदेश जारी भएकोमा एक पटकको लागि सोही दफाको सोही उपदफामा उल्लिखित समयभन्दा चाँडो वा ढिला हुन सक्नेछ।

Share this Law

दफा १२३ः सामूहिक माग दाबी पेश गर्ने सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.