दफा ३२३: गुठी सम्पत्ति उपयुक्त ढङ्गबाट सञ्चालन र व्यवस्थापन गर्नु पर्ने

Estimated reading: 1 minute 33 views

१) गुठी सञ्चालकले आफ्नो क्षमता तथा विवेक इमानदारीपूर्वक प्रयोग गरी उपयुक्त ढङ्गबाट गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्दा त्यस्तो सम्पत्तिको हानि, नोक्सानी नहुने गरी दिगो रूपमा कायम रहने प्रबन्ध गर्नु पर्नेछ ।

३) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) र (२) बमोजिम गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्दा गुठीको उद्देश्य पूरा गर्न तत्काल आवश्यक नपर्ने सम्पत्तिबाट प्राप्त भएको आर्जन बापतको रकम गुठीको उद्देश्य पूरा गर्न लगानी गर्न सकिनेछ ।

४) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (३) बमोजिम लगानी गर्दा तत्काल लगानी गर्ने कुल रकमको देहायको अनुपातमा देहाय बमोजिम लगानी गर्न सकिनेछः-

(क) कम्तीमा पच्चीस प्रतिशत रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र, बचतपत्र (ट्रेजरी बिल) वा नेपाल सरकारबाट जमानत प्राप्त ऋणपत्र खरिद गरेर,

(ख) बढीमा पच्चीस प्रतिशत रकम वाणिज्य बैङ्कको मुद्दती खातामा जम्मा गरेर,

(ग) बढीमा दश प्रतिशत रकम विकास बैङ्कको मुद्दती खातामा जम्मा गरेर,

(घ) बढीमा पाँच प्रतिशत रकम वाणिज्य बैङ्कको साधारण शेयर खरिद गरेर,

(ङ) बढीमा दश प्रतिशत रकम वित्त कम्पनीको मुद्दती खातामा जम्मा गरेर,

(च) बढीमा पाँच प्रतिशत रकम सूचीकृत पब्लिक लिमिटेड कम्पनीको खुला रूपमा कारोबार हुने साधारण शेयर खरिद गरेर ।

५) उपदफा (४) बमोजिम गरिएको लगानी सम्बन्धमा गुठी सञ्चालकले समय समयमा अनुगमन गर्नु पर्नेछ र त्यसरी अनुगमन गर्दा एक क्षेत्रमा भएको लगानीको प्रतिफल कम हुने देखिएमा लगानीका शर्त बन्देजको अधीनमा रही त्यस्तो लगानी झिकी बढी प्रतिफल हुने अर्को क्षेत्रमा लगानी गर्न सकिनेछ ।

६) उपदफा (५) बमोजिम अनुगमन वा लगानी गर्दा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रको विशेषज्ञको राय लिन सकिनेछ ।

७) उपदफा (६) बमोजिम लिएको रायलाई अनुगमन वा लगानीको लागि आधार मान्न सकिनेछ ।

८) गुठी सञ्चालकले आफ्नो निजी सम्पत्ति र गुठी सम्पत्ति अलग अलग राखी त्यसको व्यवस्थापन तथा सञ्चालन गर्नु पर्नेछ र खाता सञ्चालन गर्नु पर्ने भए छुट्टाछुट्टै खाता राख्नु पर्नेछ ।

Share this Law

दफा ३२३: गुठी सम्पत्ति उपयुक्त ढङ्गबाट सञ्चालन र व्यवस्थापन गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.