दफा ३३: आपराधिक षड्यन्त्र गर्न नहुने

Estimated reading: 1 minute 4 views

१) कसैले कुनै आपराधिक पडयन्त्र गर्न हुँदैन ।

२) दुई वा दुईभन्दा बढी व्यक्तिहरूले कुनै कसूर गर्न वा गराउन मञ्जुर गरी कुनै एकजना मात्र वा दुई वा दुईभन्दा बढी व्यक्तिहरूले कुनै कार्य गरेमा निजहरूले आपराधिक षड्यन्त्र गरेको मानिनेछ ।

३) जघन्य वा गम्भीर प्रकृतिको कसूरको आपराधिक षड्यन्त्र गर्ने वा गराउने व्यक्तिलाई यस संहितामा अन्यत्र छुट्टै सजायको व्यवस्था भएकोमा सोही बमोजिम र नभएकोमा देहाय वमोजिम सजाय हुनेछ:-

(क) आपराधिक षड्यन्त्र बमोजिमको कसूर गरेको भए त्यस्तो कसूर गरे सरहको सजाय,

(ख) आपराधिक षड्यन्त्र बमोजिमको कसूर नभई अन्य कसूर भएकोमा त्यस्तो कसूर त्यस्तो षड्यन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरूप भएको रहेछ भने त्यस्तो कसूर बापत हुने सजाय,

(ग) आपराधिक षड्यन्त्र बमोजिमको कसूरको अतिरिक्त अन्य कसूर पनि भएकोमा त्यस्तो कसूर पनि सोही षड्यन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरूप भएको रहेछ भने त्यस्तो कसूरको समेत थप सजाय,

(घ) आपराधिक षड्यन्त्र गर्ने कार्य पूरा भई नसकेको भएमा त्यस्तो कसूरमा हुने सजायको आधा सजाय ।

Share this Law

दफा ३३: आपराधिक षड्यन्त्र गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.