दफा ६१८: लिजमा लिएको वस्तु दोस्रो लिज (सब-लिज) मा दिन सक्ने

Estimated reading: 1 minute 30 views

१) एक पटक लिजमा लिएको वस्तु वा यसको कुनै अंश लिजदाताको पूर्व स्वीकृति लिई लिजप्राप्तकर्ताले कुनै व्यक्तिलाई अर्को लिज करार गरी दोस्रो लिजमा दिन सक्नेछ ।

२) उपदफा (१) बमोजिम दोस्रो लिजमा दिएको कारणबाट लिजदाता प्रति कायम रहेको लिजप्राप्तकर्ताको दायित्वबाट निजले फुर्सद पाउने छैन ।

३) उपदफा (१) बमोजिम दोस्रो लिजमा दिएको वस्तुका सम्बन्धमा त्यस्तो लिज करारका शर्तहरू पहिलो लिज करारका शर्तहरूभन्दा भिन्न हुने छैनन् ।

४) उपदफा (३) बमोजिम लिज करारका शर्तहरू निर्धारण गर्दा दोस्रो लिजप्राप्तकर्ता (सब-लेस्सी) लिजमा लिएको वस्तुका सम्बन्धमा लिजदाता प्रति प्रत्यक्ष रूपमा जिम्मेवार रहने गरी व्यवस्था गर्न सकिनेछ र त्यस्तो व्यवस्था भएमा निज लिजदाता प्रति दोस्रो लिज करारको हदसम्म जिम्मेवार हुनेछ ।

५) उपदफा (१) बमोजिम भएको लिज करार बहाल रहने अवधि लिजदाता र लिजप्राप्तकर्ता बीच भएको करार बहाल रहने अवधिभन्दा बढी हुने छैन ।

६) यस परिच्छेद बमोजिम लिजदाताले लिजप्राप्तकर्ता विरुद्ध कुनै कानूनी उपचार वा दाबी गरेमा उपदफा (४) को अवस्थामा बाहेक त्यस उपर दोस्रो लिजप्राप्तकर्ता जवाफदेही हुने छैन ।

७) यस दफामा लेखिएको कुनै कुराले लिजदाताले लिज करार अन्तर्गत प्रयोग गर्न सक्ने अधिकारलाई कुनै किसिमले बाधा पुर्‍याएको मानिने छैन ।

Share this Law

दफा ६१८: लिजमा लिएको वस्तु दोस्रो लिज (सब-लिज) मा दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.