दफा ६६: विदेशी विनिमय सञ्चिति

Estimated reading: 1 minute 372 views

१) बैङ्कले विदेशी विनिमय सञ्चितिको परिचालन गर्नेछ। यस्तै सञ्चिति सम्बन्धित विदेशी विनिमयमा अङ्कित हुनेछ र यस्तो सञ्चितिमा देहायको सम्पत्ति समावेश हुनेछः-

(क) बैङ्कले जिम्मा लिएको वा बैङ्कको खातामा रहेको सुन तथा बहुमूल्य धातु।

(ख) बैङ्कले जिम्मा लिएको वा बैङ्कको खातामा जम्मा रहेको विदेशी मुद्रा।

(ग) बैङ्कको नाममा विदेशी केन्द्रीय बैङ्क वा अन्य विदेशी बैङ्क खातामा रहेको विदेशी मुद्रा ।

(घ) बैङ्कको नाममा अन्तर्राष्ट्रिय मुद्रा कोषमा जम्मा रहेको स्पेशल ड्रइङ्ग राईट्स (एस.डि.आर)।

(ङ) बैङ्कको जिम्मामा रहेको विदेशी विनिमयमा भुक्तानी हुने गरी कुनै ऋणी वा दायित्वकर्ताले जारी गरेको विनिमयपत्र, प्रतिज्ञापत्र, बचत ऋणपत्र, बण्ड तथा अन्य ऋण सुरक्षण।

(च) तत्काल वा पुनर्खरिद गर्ने गरी विदेशी बैङ्क वा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग वा ती संस्था जमानी बसेको र भविष्यमा खरिद गर्ने गरी बैङ्क तथा अर्को पक्ष बीच विदेशी विनिमयमा भुक्तानी हुने गरी भएको सम्झौता।

२) बैङ्कले उपदफा (१) बमोजिमको सम्पत्तिको चयन गर्दा बैङ्कको पूँजी र तरलताको सुरक्षालाई ध्यानमा राखी अधिकतम आम्दानी हुने किसिमले गर्नु पर्नेछ ।

३) बैङ्कले मौद्रिक तथा विदेशी विनिमय नीति कार्यान्वयन गर्दा अन्तर्राष्ट्रिय कारोबारमा शीघ्र भुक्तानीको लागि आवश्यक पर्ने यथोचित अन्तर्राष्ट्रिय सञ्चिति कायम गर्नु पर्नेछ ।

४) अन्तर्राष्ट्रिय सञ्चितिको मात्रा घटेको वा घट्ने अवस्थामा पुगेको कारणबाट मौद्रिक तथा विदेशी विनिमय नीति कार्यान्वयन गर्दा अन्तर्राष्ट्रिय कारोबारमा शीघ्र भुक्तानीको प्रक्रियामा प्रतिकूल असर पर्न जाने आशङ्का बैङ्कलाई लागेमा बैङ्कले अन्तर्राष्ट्रिय सञ्चितिको वर्तमान स्थिति, सो घटेको र घट्नुको कारणका साथै सोको रोकथाम गर्न अपनाउनुपर्ने उपाय समेत खुलाई नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नेछ।

५) उपदफा (४) बमोजिमको स्थितिमा सुधार नआएसम्मको लागि बैङ्कले आवश्यकता अनुसार थप सुझाव सहितको प्रतिवेदन तयार गरी नेपाल सरकार समक्ष पेश गर्नेछ।

६) उपदफा (१) बमोजिमको विदेशी विनिमय सञ्चितिलाई बैङ्कले आफ्नो वासलातमा देखाउनेछ।

Share this Law

दफा ६६: विदेशी विनिमय सञ्चिति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.