दफा २२९: हदम्याद

Estimated reading: 0 minutes 3 views

१) दफा २२० अन्तर्गतको कसूरमा जहिलेसुकै पनि उजुर गर्न सकिनेछ।

२) दफा २१९, २२१, २२२, २२३, २२४, २२५, २२६ को उपदफा (३) र दफा २२७क. को उपदफा (१) अन्तर्गतको कसूर बालबालिकाको विरुद्ध भएकामा त्यस्तो बालबालिका अठार वर्ष पूरा भएको मितिले तीन वर्ष वा हदम्यादभित्र, त्यस्तो कसूर पूर्ण अशक्त, अपाङ्गता भएका, सुस्त मनस्थिति भएका वा सतरी वर्षभन्दा बढी उमेर भएका व्यक्तिका विरुद्ध भएमा कसूर भएको मितिले तीन वर्षभित्र र अन्यको हकमा त्यस्तो कसूर भएको मितिले दुई वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।

तर थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्ति विरुद्ध कसूर भएकोमा थुना, नियन्त्रण अपहरण वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।

Share this Law

दफा २२९: हदम्याद

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.