दफा २१६: अंशवण्डा गर्नु पर्ने

Estimated reading: 0 minutes 18 views

१) सगोलको सम्पत्ति अंशवण्डा गर्दा यस परिच्छेदको अधीनमा रही अंशियारहरू बीच लिखित रूपमा वण्डापत्र गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम अंशवण्डा गर्दा सगोलको सम्पत्ति र सगोलको ऋण घटी बढी नहुने गरी वण्डा गर्नु पर्नेछ।

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “सगोलको ऋण” भन्नाले घरको मुख्य भई काम गर्ने व्यक्ति वा सबै अंशियारले सहमति गरेको वा सगोलमा बसी विभिन्न ठाउँमा घर, खेती, व्यापार वा अरू कुनै काम गर्ने उमेर पुगेका व्यक्तिले लिएको ऋण वा गरेको व्यवहार वा सगोलका उमेर पुगेका अन्य व्यक्तिले गरेको व्यवहारमा त्यस्ता व्यक्तिको लिखित सहमति भएको कारोबारमा लागेको ऋण सम्झनु पर्छ ।

३) अंशवण्डा गर्दा असल कमसल मिलाई अंशियारहरूको मन्जुरी बमोजिम र त्यसरी मन्जुरी हुन नसकेमा गोला हाली वण्डा गर्नु पर्नेछ ।

४) अंशवण्डा गर्दा कुनै सम्पत्तिमा विवाद परेमा त्यस्तो विवाद समाप्त भएपछि अंशवण्डा गर्नु पर्नेछ ।

तर त्यस्तो विवाद समाधान हुन धेरै समय लाग्ने भएमा विवाद परेको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति वण्डा गर्न सकिनेछ ।

Share this Law

दफा २१६: अंशवण्डा गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.