दफा १९१: धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिने बालबालिका

Estimated reading: 1 minute 6 views

बाल गृहमा कम्तीमा छ महिना बसेका देहायका बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिनेछ:-

(क) बाबु र आमा दुवैको मृत्यु भई कसैको संरक्षणमा नरहेको अनाथ बालबालिका,

(ख) स्वेच्छाले त्यागेका बालबालिका ।

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि,-

१) “बाल गृह” भन्नाले बालबालिकाको हक र हित संरक्षण गने उद्देश्यले कानून बमोजिम खडा भएका बाल कल्याण

गृह र अनाथालय सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारद्वारा स्थापना गरिएका बालगृह वा बालमन्दिर समेतलाई जनाउँछ।

२) “अनाथ नाबालक” भन्नाले जिल्ला प्रशासन कार्यालयबाट अनाथ प्रमाणित भएको देहायका कुनै बालबालिका सम्झनु पर्छ:-

(क) बेवारिसे अवस्थामा प्रहरीले फेला परेको र निजको बाबु वा आमा फेला नपरेको,

(ख) अस्पताल वा स्वास्थ्य संस्थामा बेवारिसे अवस्थामा छोडिएको,

(ग) बाबु र आमा पत्ता नलागेको,

(घ) बाबु र आमा दुवैको मृत्यु भई पालनपोषणको लागि कुनै सम्पत्ति नभएको।

३) “स्वेच्छाले त्यागेका बालबालिका” भन्नाले देहायका व्यक्तिले आफूले बालबालिकाको पालनपोषण र शिक्षा दिशको व्यवस्था गर्न नसकी त्यस सम्बन्धी लिखत गरी जिल्ला प्रशासन कार्यालय मार्फत बालगृहमा जिम्मा लगाएका देहायका बालबालिका सम्झनु पर्छ:-

(क) बाबु मरेको वा बेपत्ता भएको र आमाले अर्को विवाह गरेको अवस्थाको बालबालिकाका हकमा त्यस्तो आमाले,

(ख) एकभन्दा बढी बालबालिकाको जन्म भई बाबु मरेको वा वेपत्ता भएको वा होस ठेगानमा नभएको अवस्थामा निजको आमाले त्यस्तो बालबालिकाको आर्थिक कारणबाट पालनपोषण गर्न नसक्ने वा शिक्षा दिशा दिन नसक्ने भएमा त्यस्ता बालबालिकाको आमाले,

(ग) एकबन्दा बढी बालबालिकाको जन्म भई आमा मरेकी वा होस ठेगानमा नभएको अवस्थामा आर्थिक कारणले त्यस्तो बालबालिकाको पालन पोषण गर्न नसक्ने बाबु भएमा त्यस्तो बालबालिकाको बाबुले,

(घ) कुनै सम्पत्ति नभएका अनाथ बालबालिकाको हकमा संरक्षक वा माथवरले।

Share this Law

दफा १९१: धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिने बालबालिका

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.