दफा ५८९: साहूहरू समान स्थितिमा रहने

Estimated reading: 0 minutes 3 views

१) कसैले आफ्नो कुनै वस्तु धितो राखी एक पटक वा पटक पटक गरी एक भन्दा बढी साहूहरूबाट ऋण लिएको रहेछ र त्यसरी धितो राखिएको वस्तुले सबै साहूहरूको ऋण चुक्ता गर्न नपुग्ने अवस्था रहेछ भने करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सुरक्षण बापत वस्तु धितो लिने सबै साहूहरू बाँकी रहेको ऋणमा समान (पारी पासु) स्थितिमा रहको मानिनेछ र त्यस्तो वस्तु उपर सबै साहूहरूको समानुपातिक रूपमा दाबी लाग्नेछ ।

२) उपदफा (१) बमोजिम धितो दिई सकिएको वस्तु उपर भविष्यमा अर्को साहूले प्राथमिकता पाउने गरी धितो राखी गरिएको करार बदर हुनेछ । साहूले त्यस्तो ऋणको सम्बन्धमा अरू साहूहरू छन् भन्ने कुरा थाहा हुँदाहुँदै त्यस्तो करार बदर हुनु अगाडि नै त्यस्तो धितोबाट ऋण असुल उपर गरी सकेको रहेछ भने त्यस्तो रकम अन्य साहूलाई फिर्ता गरी निजले धितो दिनेको अन्य जायजेथाबाट असुल उपर गर्नु पर्नेछ ।

Share this Law

दफा ५८९: साहूहरू समान स्थितिमा रहने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.