दफा १३३: हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्ने

Estimated reading: 1 minute 33 views

१) इजाजतपत्र प्राप्त गरी हातहतियार वा खरखजानाको कारोबार गर्ने व्यक्तिले आफूले कारोबार गरेको हातहतियार वा खरखजानाको छुट्टै अभिलेख राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम राखिएको अभिलेखमा अन्य कुराको अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछ:-

(क) आफूले खरिद वा बिक्री गरेको, ओसार पसार गरेको, भण्डारण गरेको, निकासी वा पैठारी गरेको हातहतियारको किसिम, विवरण र परिमाण,

(ख) हातहतियार कसलाई बिक्री गरेको भए खरिद गर्ने व्यक्तिको नाम, थर, वतन, नागरिकता वा राहदानीको नम्बर र जारी भएको मिति तथा स्थान ।

३) हातहतियार वा खरखजानाको कारोबार गर्ने व्यक्तिले उपदफा (२) वमोजिमको अभिलेख हातहतियार तथा खरखजानाको नियन्त्रण वा प्रशासन गर्ने अधिकारी, मुद्दाको अनुसन्धान गर्ने अधिकारी वा अदालतले मागेको बखत देखाउनु वा पेश गर्नु पर्नेछ।

४) इजाजतपत्र प्राप्त गरी हातहतियार वा खरखजानाको व्यावसायिक कारोबार गर्ने व्यक्ति बाहेक अन्य कसैले हातहतियार वा खरखजानाको कारोबार गर्नु पर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई गर्नु पर्नेछ।

५) उपदफा (१), (३) वा (४) विपरीतको कार्य गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रूपैयाँसम्म जरिबाना हुनेछ।

Share this Law

दफा १३३: हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.