दफा ३६: संस्थाको कोष

Estimated reading: 1 minute 200 views

१) संस्थाको एउटा छुट्टै कोष हुनेछ र सो देहाय बमोजिमका रकमहरु रहनेछन्ः-

(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,

(ख) अन्तर्राष्ट्रिय वा विदेशी सङ्घ, संस्थाबाट प्राप्त रकम,

तर यस्तो रकम प्राप्त गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(ग) संस्थाका सदस्यहरुको नाम दर्ता गर्दा वा लेखा व्यवसायी प्रमाणपत्र दिँदा प्राप्त गरेको रकम,

(घ) संस्थाको चल अचल सम्पत्तिबाट आर्जन हुने रकम,

(ङ) संस्थालाई अन्य स्रोतबाट प्राप्त हुने रकम ।

२) संस्थालाई प्राप्त सबै रकम संस्थाको नाममा नेपालको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।

३) संस्थाको तर्फबाट गर्नुपर्ने सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोर्नेछन् ।

तर संस्थालाई कुनै निश्चित उद्देश्यको लागि प्राप्त भएको रकम सोही उद्देश्यमा मात्र खर्च गर्नु पर्नेछ।

४) कोषबाट गरिने खर्च परिषद्‌को रेखदेख र नियन्त्रणमा रही सचिवले गर्नेछ ।

५) कोषको खाताको सञ्चालन परिषद्‌ले तोके बमोजिम हुनेछ ।

Share this Law

दफा ३६: संस्थाको कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.