दफा ६१७: लिज करार बहाल रहने अवधि

Estimated reading: 1 minute 31 views

१) देहायको वस्तुको सम्बन्धमा भएको लिज करार देहायको अवधिभन्दा बढी बहाल रहन सक्ने छैन:-

(क) घर निर्माण गर्न लिइएको घरजग्गा वा घर निर्माण भई भोगचलनमा रहेको घरजग्गा भए पैंतीस वर्ष,

(ख) सुविधाभार (सर्भिच्यूडस्) को प्रयोजनको लागि लिइएको जग्गा भए पैंतीस वर्ष,

(ग) औद्योगिक संरचना वा सडक, नहर, विद्युत् उत्पादन जस्ता पूर्वाधार संरचना निर्माण, विकास तथा सञ्चालनका लागि लिइएको जग्गा भए चालीस वर्ष,

(घ) खेती गर्ने जग्गा भए बीस वर्ष,

(ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिए बाहेक अन्य प्रयोजनको लागि लिइएको घरजग्गा भए उन्नाइस वर्ष,

(च) सवारी साधन भए पन्ध्र वर्ष,

(छ) सवारी साधन बाहेकका अन्य यान्त्रिक उपकरण भए पन्ध्र वर्ष,

(ज) खण्ड (च) वा (छ) मा लेखिए बाहेकका अन्य उपकरण भए पन्ध्र वर्ष,

(झ) घरपालुवा जनावर भए दश वर्ष,

(ञ) यस दफामा लेखिएदेखि बाहेकका अन्य वस्तु भए त्यस्तो वस्तुको आयु तथा प्रकृति हेरी दश वर्ष ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उपदफामा उल्लेख भएको अवधि व्यतीत हुनु अगावै त्यस्तो करारको बहाल अवधिको अधिनमा रही पक्षहरूले लिज करारको बहाल अवधि बिस्तार गर्न सक्ने छन् ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारका पक्षहरूले लिज करारमा लिए दिएकै घर र जग्गा रहेको स्थान र वस्तुको प्रकृति विचार गरी लिज करारको अवधि विस्तार गर्ने वा नगर्ने निर्णय गर्न सक्नेछन् ।

Share this Law

दफा ६१७: लिज करार बहाल रहने अवधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.