दफा ७९: बैङ्कले नियमन गर्ने

Estimated reading: 1 minute 353 views

१) बैङ्कलाई वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको काम कारबाही नियमन गर्ने पूर्ण अधिकार हुनेछ।

२) उपदफा (१) बमोजिम नियमन गर्ने सम्बन्धमा बैङ्कले आवश्यक देखेका विषयमा नियम तथा विनियम बनाउन र आवश्यक आदेश, निर्देशन तथा सूचना जारी गर्न सक्नेछ र त्यस्तो नियम तथा विनियम र आदेश, निर्देशन तथा सूचनाको पालना गर्नु सम्बन्धित वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ।

३) बैङ्कले देहायका विषयमा वाणिज्य बैङ्कलाई आवश्यक निर्देशन जारी गरी देहायको विवरण पेश गर्न लगाउनेछः

(क) वासलातभित्रको लेखा तथा हिसाब किताब, वासलात बाहिरको हिसाब किताब वा बचनबद्वता र आम्दानी खर्चको विवरण र तिनीहरुको लेखा शीर्षकसँगको अनुपातिक विवरण।

(ख) बैङ्कले तोकेको सीमाभित्र नपरेका विशेष प्रकारको कर्जा वा लगानीका सम्बन्धमा लगाइएको शर्त, प्रतिबन्ध वा निषेध वा त्यस्ता कर्जा वा लगानी तथा जोखिम व्यहोर्ने प्रकृतिको बचनबद्धता, सम्पत्ति र दायित्वको आवधिक मिलान र वासलात बाहिरका शीर्षक, विदेशी मुद्राको स्थिति, स्पट र अग्रिम विनिमय दर, स्वाप, अप्सन वा यस्तै प्रकारका अन्य उपकरण र विद्युतीय वा अन्य भुक्तानी प्रणालीका अन्य प्रक्रिया।

(ग) बैङ्कले तोकेको अन्य विवरण तथा कागजात।

४) बैङ्कले देहायका विषयमा वित्तीय संस्थालाई आवश्यक निर्देशन जारी गरी देहायका विवरण पेश गर्न लगाउनेछः-

(क) लेखा, हिसाब किताब, नाफा नोक्सान हिसाब, वासलात र वासलात बाहिरको कारोबार र बचनबद्धता र आम्दानी खर्चको विवरण तथा सोको लेखा शीर्षकसँगको अनुपातिक विवरण।

(ख) विशेष प्रकारको कर्जा वा लगानीका सम्बन्धमा लगाइएको शर्त, प्रतिबन्ध वा निषेध वा बैङ्कले तोकेको सीमा भन्दा बढीको कर्जा वा लगानी, जोखिमपूर्ण बचनबद्धता, विदेशी मुद्राको स्थिति, भुक्तानी र भुक्तानी प्रणालीका विद्युतीय वा अन्य प्रक्रिया।

(ग) बैङ्कले तोकेको अन्य विवरण तथा कागजात।

*४क) बैङ्कले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने प्रयोजनको लागि वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई ग्राहक पहिचान र ग्राहकको जोखिम वर्गीकरण तथा व्यवस्थापन गर्ने, रकम स्थानान्तरण, निक्षेप लगायतका सीमा वा शंकास्पद कारोबारको विवरण प्रचलित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून बमोजिम स्थापित वित्तीय जानकारी इकाईमा उपलब्ध गराउने सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ।

५) बैङ्कलाई वाणिज्य बैङ्क तथा वित्तीय संस्थाका सम्बन्धमा देहाय बमोजिमको अधिकार हुनेछः-

(क) यस ऐन र वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको इजाजतपत्र, सुपरिवेक्षण तथा नियमन गर्न बनेको अन्य कुनै ऐनले दिएको अधिकार र दायित्वको कान्वयन र वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको इजाजतपत्र रद्द गर्ने तथा टाट उल्टन लागेका वा टाट उल्टेका वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई बैङ्क आफैले जिम्मा लिने वा ट्रष्टिसिपमा जिम्मा दिने।

(ख) कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा सो अन्तर्गत जारी भएको आदेश वा निर्देशन अनुरुप कारोबार सञ्चालन गरेको छ, छैन भनी बैङ्कका कुनै अधिकृत वा बैङ्कले तोकेको व्यक्तिद्वारा त्यस्ता बैङ्क वा संस्थाको हिसाब किताब, अभिलेख, कागजात वा अन्य स्रेस्ता जाँचबुझ वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने वा गर्न लगाउने।

(ग) बैङ्कले कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको कारोबारको सम्बन्धमा निरीक्षण तथा सुपरिवेक्षण गर्नु परेमा त्यस्ता बैङ्क वा संस्थाका सञ्चालक समितिका सदस्य, पदाधिकारी वा कर्मचारीलाई आफ्नो बैङ्क वा संस्थाको बारेमा आवश्यक जानकारी पेश गर्न आदेश दिने।

□ दोस्रो संशोधनद्वारा थप।

Share this Law

दफा ७९: बैङ्कले नियमन गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.