दफा ३२९: गुठी सञ्चालकको उत्तराधिकारको क्रम तोक्नु पर्ने

Estimated reading: 1 minute 27 views

१) गुठी सञ्चालकको उत्तराधिकारी सर्ने सम्बन्धमा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकको मृत्युपछि निजको ज्येष्ठतम् छोरा, छोरा बुहारी वा छोरीले प्राथमिकताक्रमको आधारमा गुठी सञ्चालकको पद प्राप्त गर्नेछ र निजमध्ये कोही नभए निजको हकवालाले गुठी सञ्चालकको पद प्राप्त गर्नेछ।

२) उपदफा (१) बमोजिम गुठी सञ्चालक हुने व्यक्ति गुठी सञ्चालक हुन योग्य रहेनछ भने त्यस्तो व्यक्ति अयोग्य रहेको अवधिसम्म निजको संरक्षक वा निजलाई हेरचाह गर्ने व्यक्तिले निजको तर्फबाट गुठी सञ्चालकको दायित्व पूरा गर्नु पर्नेछ।

३) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै व्यक्तिको सन्तान दरसन्तान गुठी सञ्चालक हुने गरी व्यवस्था भएको रहेछ भने आ-आफ्नो हकसम्मको हदसम्म त्यस्तो व्यक्तिको सन्तान दरसन्तानले गुठी सञ्चालकको पद प्राप्त गर्नेछन् र त्यस्तो अवस्थामा दफा ३२६ को व्यवस्था लागू हुने छैन ।

Share this Law

दफा ३२९: गुठी सञ्चालकको उत्तराधिकारको क्रम तोक्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.