दफा १४: मध्यस्थ व्यवसायीको दायित्व

Estimated reading: 1 minute 313 views

प्रचलित कानून तथा यस ऐनमा अन्यत्र उल्लेख भएका दायित्वका अतिरिक्त मध्यस्थ व्यवसायीको दायित्व देहाय बमोजिम हुनेछः-

(क) दफा ६ बमोजिम विद्युतीय प्लेटफर्ममा बिक्रीको लागि राखिएको वस्तु वा सेवा सम्बन्धी विवरण यथार्थ र स्पष्ट रूपमा क्रेताले प्राप्त गर्न सक्ने गरी उल्लेख गर्ने र त्यस्तो प्लेटफर्ममा उल्लेख गरिएका वस्तु वा सेवाको मात्र व्यापार गर्ने,

(ख) खरिद तथा बिक्री भएको वस्तु वा सेवाको कारोबारको अभिलेख वस्तु वा सेवाको प्रकृतिको आधारमा कर सम्बन्धी प्रचलित कानूनमा निर्धारित अवधिसम्म सुरक्षित राख्ने,

(ग) बिक्री भएको वस्तु वा सेवाको वारेन्टी वा ग्यारेन्टी दिइएको भएमा उल्लिखित अवधिसम्म त्यस्तो वारेन्टी वा ग्यारेन्टीका सर्त पालना गर्ने,

(घ) विद्युतीय प्लेटफर्ममा अलग-अलग बिक्रेताबाट बिक्रीको लागि उपलब्ध गराइएका एउटै वर्गका वस्तु वा सेवाबीच भेदभाव गर्न वा कुनै विशेष बिक्रेतालाई वस्तु वा सेवाको बिक्रीको लागि ग्राह्यता दिन नहुने,

तर समान प्रकृतिका बिक्रेताहरू वा वस्तु वा सेवाहरूबीच कुनै बिक्रेता वा वस्तु वा सेवालाई विशेष सुविधा प्रदान गरेको भए सो सम्बन्धमा क्रेताले स्पष्ट रूपमा जानकारी प्राप्त गर्न सक्ने गरी आफ्नो प्लेटफर्ममा उल्लेख गर्नु पर्नेछ ।

(ङ) विद्युतीय प्लेटफर्म मार्फत् वस्तु वा सेवा बिक्रीको लागि राख्नुअघि त्यस्तो वस्तु वा सेवा बिक्रीको लागि उपलब्ध गराउने बिक्रेतासँग सम्झौता गर्नु पर्ने, र

(च) आफूले उपलब्ध गराएको वा सहजीकरण गरेको कुनै वस्तु वा सेवा करारको सर्त बमोजिम नभई क्रेताले प्रचलित कानून बमोजिम फिर्ता गर्न चाहेमा त्यस्तो वस्तु वा सेवा फिर्ता लिने, सट्टापट्टा गर्ने वा रकम फिर्ता गर्ने।

Share this Law

दफा १४: मध्यस्थ व्यवसायीको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.