दफा १३२: मातृक तथा पैत्रिक अख्तियारीमा रोक लगाउन सक्ने

Estimated reading: 1 minute 8 views

१) यस परिच्छेद बमोजिम मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न पाउने व्यक्तिहरूले नाबालकका विरुद्ध देहायको कुनै काम गरेको कुरा कुनै व्यक्ति वा कानून बमोजिम संस्थापना भएको कुनै बाल कल्याण सम्बन्धी संस्थाको उजुरी परी छानबिन गर्दा प्रमाणित भएमा अदालतले त्यस्तो व्यक्तिलाई त्यस्तो अख्तियारी प्रयोग गर्नबाट रोक लगाउन सक्नेछ:-

(क) क्रूर, अमानवीय वा यातनापूर्ण सजाय दिएको वा व्यवहार गरेको,

(ख) पटक-पटक उपेक्षा वा हेल्ला गरेको वा दुरुपयोग गरेको,

(ग) अनैतिक वा यौनजन्य पेशामा लगाएको,

(घ) जीउ, ज्यान वा स्वास्थ्यमा खतरा हुन सक्ने काममा लगाएको,

(ङ) निजको हित विपरीत निजको सम्पत्ति खर्च गरी हानि, नोक्सानी गरेको वा पछि आफूले लिन मनसायले अरू कसैलाई बिक्री गरेको,

(च) सन्यासी, फकिर, भिक्षु, पाधर, नन बनाई वा यस्तै प्रकारले गृहस्थ जीवन त्याग्न वाध्य गरिएको,

(छ) धार्मिक वा सांस्कृतिक रीतिस्थितिको पालना गर्दाको अवस्थामा बाहेक निजलाई भिक्षा माग्ने काममा लगाएको,

(ज) कानून बमोजिम कसूर हुने अन्य कुनै काम गर्न लगाएको ।

२) उपदफा (१) बमोजिम रोक लगाएकोमा अदालतले त्यस्तो नाबालकका सम्बन्धमा मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न पाउने गरी कानून बमोजिम संरक्षक नियुक्त गर्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिम मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न संरक्षक नियुक्ति भएकोमा त्यस्तो संरक्षकले नाबालकको हित अनुरूप यस परिच्छेद बमोजिमको मातृक तथा पैत्रिक अख्तियारीको प्रयोग गर्न सक्नेछ ।

४) उपदफा (१) बमोजिम मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्दाबाट बञ्चित भएको व्यक्तिले सो उपदफा बमोजिमको काम नदोहोर्याउने कबुल गरी अदालतमा निवेदन गरेमा अदालतले निजलाई लगाएको रोक फुकुवा गरी उपदफा (२) बमोजिमको नियुक्ति बदर गर्न सक्नेछ ।

Share this Law

दफा १३२: मातृक तथा पैत्रिक अख्तियारीमा रोक लगाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.