दफा २ः परिभाषा

Estimated reading: 1 minute 362 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमाः

(क) “आन्तरिक कार्यविधि” भन्नाले सहकारी संस्थाले दफा २८ बमोजिम बनाएको आन्तरिक कार्यविधि सम्झनु पर्छ।

(ख) “कसूर” भन्नाले दफा १२२ वमोजिमको कसूर सम्झनु पर्छ।

(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(घ) “परिवार” भन्नाले सदस्यको पति वा पत्री, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नु पर्ने दाजु, भाउजू, भाइ, बुहारी र दिदी, बहिनी सम्झनु पर्छ।

तर सो शब्दले अंशबण्डा गरी वा मानो छुट्टिई आ-आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन।

(ङ) प्राथमिक पूँजी कोष” भन्नाले शेयर पूँजी र जगेडा कोष सम्झनु पर्छ।

(च) “बचत” भन्नाले सदस्यले सहकारी संस्थामा जम्मा गरेको रकम सम्झनु पर्छ।

(छ) “मन्त्रालय” भन्नाले सहकारी सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्दछ।

(ज) “मुख्य कारोबार” भन्नाले संस्था वा सङ्घले सञ्चालन गरेको व्यावसायिक क्रियाकलापहरूमा पछिल्लो आर्थिक वर्षसम्ममा परिचालित बचतको दायित्व र पछिल्लो आर्थिक वर्षको सदस्यतर्फको खरिद वा बिक्री कारोबारमा कम्तीमा तीस प्रतिशतभन्दा बढी हिस्सा भएको कारोबार सम्झनु पर्छ ।

(झ) “रजिष्ट्रार” भन्नाल दफा ९२ बमोजिम तोकिएको रजिष्ट्रार सम्झनु पर्छ ।

(ञ) “लेखा सुपरिवेक्षण समिति” भन्नाले दफा ४८ बमोजिमको लेखा सुपरिवेक्षण समिति सम्झनु पर्छ।

(ट) “विनियम” भन्नाले सम्बन्धित सहकारी संस्थाको दफा २७ बमोजिम बनाएको विनियम सम्झनु पर्छ।

(ठ) “विभाग” भन्नाले सहकारी विभाग सम्झनु पर्छ।

(ड) “शेयर” भन्नाले सहकारी संस्थाको शेयर पूँजीको विभाजित अंश सम्झनु पर्छ।

(ढ) “स्थानीय तह” भन्नाले गाउँपालिका तथा नगरपालिका सम्झनु पर्दछ र सो शब्दले उपमहानगरपालिका र महानगरपालिकालाई समेत जनाउँछ।

(ण) “सञ्चालक” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको पदाधिकारीलाई समेत जनाउँछ।

(त) “सदस्य” भन्नाले सहकारी संस्थाको सदस्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ।

(थ) “समिति” भन्नाले दफा ४१ को उपदफा (१) बमोजिमको सञ्चालक समिति सम्झनु पर्छ।

(द) “सहकारी बैङ्क ” भन्नाले दफा १२ बमोजिम 1गठन भएको सहकारी बैङ्क सम्झनु पर्छ।

(घ) “सहकारी मूल्य” भन्नाले स्वावलम्बन, स्व-उत्तरदायित्व, लोकतन्त्र, समानता, समता, ऐक्यवद्धता, इमान्दारी, खुलापन, सामाजिक उत्तरदायित्व तथा अरुको हेरचाह लगायत अन्तरराष्ट्रिय मान्यता प्राप्त सहकारी सम्बन्धी मूल्य सम्झनु पर्छ ।

(न) “सहकारी व्यवसाय” भन्नाले सहकारी संस्थाको विनियममा व्यवस्था भए बमोजिम सञ्चालित व्यावसायिक क्रियाकलाप सम्झनु पर्छ।

(प) “सहकारी सिद्धान्त” भन्नाले स्वेच्छिक तथा खुला सदस्यता, सदस्यद्वारा लोकतान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारी-सहकारीबीच पारस्परिक सहयोग र समुदायप्रतिको चासो लगायत अन्तर्राष्ट्रिय मान्यता प्राप्त सहकारी सम्बन्धी सिद्धान्त सम्झनु पर्छ।

(फ) “सहकारी संस्था” भन्नाले संस्था वा सङ्घ सम्झनु पर्छ र सो शब्दले सहकारी बैङ्खलाई समेत जनाउँछ।

(ब) “सङ्घ” भन्नाले दफा १५ बमोजिम दर्ता भएको जिल्ला विषयगत सहकारी सङ्घ, जिल्ला सहकारी सङ्घ, प्रदेश विषयगत सहकारी सङ्घ, प्रदेश सहकारी सङ्घ, केन्द्रीय विषयगत सहकारी सङ्घ र विशिष्टिकृत सहकारी सङ्घ सम्झनु पर्छ र सो शब्दले सोही दफा बमोजिम दर्ता भएको राष्ट्रिय सहकारी महासङ्घलाई समेत जनाउँछ।

(भ) “संस्था” भन्नाले दफा ३ बमोजिम गठन भई दफा १५ बमोजिम दर्ता भएको विषयगत वा बहुउद्देश्यीय संस्था सम्झनु पर्छ।

(म) “साधारण सभा“ भन्नाले सहकारी संस्थाको साधारण सभा सम्झनु पर्छ।

1 केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।

Share this Law

दफा २ः परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.