दफा १६: बिक्रेताको दायित्व

Estimated reading: 1 minute 256 views

प्रचलित कानून तथा यस ऐनमा अन्यत्र उल्लेख भएका दायित्वका अतिरिक्त बिक्रेताको दायित्व देहाय बमोजिम हुनेछः-

(क) विद्युतीय प्लेटफर्मको माध्यमबाट वस्तु वा सेवाको बिक्रीको लागि मध्यस्थ व्यवसायीको प्लेटफर्ममा त्यस्तो वस्तु वा सेवा उपलब्ध गराउनुअघि त्यस्तो व्यवसायीसँग लिखित वा विद्युतीय करार गर्नु पर्ने,

(ख) प्रचलित कानून बमोजिम व्यवसाय दर्ता भएको प्रमाण, कागजात, निजको नाम थर, ठेगाना, उपभोक्ताको गुनासो सङ्कलन तथा त्यसको सम्बोधन गर्ने संयन्त्र, वस्तु वा सेवा सट्टापट्टा वा फिर्ता वा रकम फिर्ता सम्बन्धी विवरण, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करमा दर्ता भएको विवरण मध्यस्थ व्यवसायीलाई लिखित वा विद्युतीय माध्यमबाट उपलब्ध गराउनु पर्ने,

(ग) विद्युतीय प्लेटफर्मको माध्यमबाट बिक्री गर्ने प्रत्येक वस्तु वा सेवाको सम्बन्धमा दफा ६ बमोजिमका विवरण मध्यस्थ व्यवसायीलाई उपलब्ध गराउनु पर्ने,

(घ) काबुबाहिरको परिस्थिति परेको अवस्थामा बाहेक बिक्री गरेको वस्तु वा सेवा पूर्वनिर्धारित समयभन्दा ढिलो नहुने गरी हस्तान्तरण गर्ने वा सेवा प्रदान गर्ने,

(ङ) विद्युतीय प्लेटफर्मको माध्यमबाट वस्तु वा सेवाको बिक्रीको लागि मध्यस्थ व्यवसायीलाई त्यस्तो वस्तु वा सेवा उपलब्ध गराउँदा वा अन्य कुनै अवस्थामा कुनै किसिमको अनुचित व्यापारिक कारोबारमा संलग्न हुन नहुने,

(च) बिक्रेता आफैले मध्यस्थ व्यवसायीलाई बिक्रीको लागि उपलब्ध गराएको वस्तु वा सेवाको आफैं वा अन्य कुनै व्यक्तिलाई छद्म उपभोक्ताको रूपमा प्रस्तुत गरी त्यस्तो वस्तु वा सेवाको गुणस्तरको सम्बन्धमा समीक्षा वा मूल्याङ्कन गर्न तथा प्रतिक्रिया प्रविष्ट गर्न नहुने, र

(छ) बिक्रेताले मध्यस्थ व्यवसायीको माध्यमबाट बिक्रीको लागि उपलब्ध गराएको वस्तु वा सेवा प्रदर्शनी (डिस्प्ले) मा राखिए बमोजिम वा आपसमा मञ्जुर गरे बमोजिम नभएको वा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी हस्तान्तरण भएको वा त्यस्तो वस्तु वा सेवा त्रुटिपूर्ण भएमा बिक्री भएको वा बिक्रीको लागि मञ्जुरी गरेको त्यस्तो वस्तु वा सेवा फिर्ता लिन, रद्द वा बन्द गर्न तथा त्यस्तो वस्तु वा सेवा बापत गरेको रेको भुक्तानी भुक्तानी सम्बन्धित क्रेतालाई फिर्ता गर्नु पर्ने।

Share this Law

दफा १६: बिक्रेताको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.