दफा १८: ढुवानी सम्बन्धी दायित्व

Estimated reading: 0 minutes 270 views

१) क्रेताले माग गरेको कुनै वस्तु वा सेवा निजले तोकेको स्थान, समय र व्यक्तिलाई हस्तान्तरण गर्ने गरी करार भएकोमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो करार बमोजिम ढुवानी गर्ने वा सेवा उपलब्ध गराउने दायित्व व्यवसायीको हुनेछ ।

२) उपदफा (१) बमोजिम वस्तुको ढुवानी वा सेवाको हस्तान्तरण गर्न व्यवसायीले कुनै ढुवानीकर्तासँग छुट्टै करार गर्न सक्नेछ।

३) उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित कानूनमा उल्लिखित ढुवानीकर्ताको दायित्व यस ऐन बमोजिमको ढुवानीकर्ताको हकमा समेत समान रूपमा लागू हुनेछ।

४) उपदफा (३) को प्रतिकूल हुने गरी कसैले कुनै काम गरेमा उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित कानून बमोजिम सजाय हुनेछ।

Share this Law

दफा १८: ढुवानी सम्बन्धी दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.