दफा ४४: कानूनी सक्षमता स्वतः प्राप्त गरेको मानिने

Estimated reading: 1 minute 5 views

दफा ४२ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका निकायले कानूनी सक्षमता स्वतः कानूनी व्यक्तिको रूपमा सक्षमता प्राप्त गरेको मानिनेछ:-

(क) नेपाल राज्य,

(ख) नेपाल सरकार,

(ग) सङ्घीय संसद वा व्यवस्थापिका-संसद,

(घ) अदालत, संवैधानिक निकाय वा त्यस्ता निकाय अन्तर्गतका कुनै कार्यालय,

(ङ) नेपाल सरकारका मन्त्रालय, सचिवालय, विभाग वा अन्य कुनै सरकारी कार्यालय,

(च) प्रदेश,

(छ) प्रदेश सरकार वा प्रदेशस्तरका सरकारी कार्यालय,

(ज) प्रदेश सभा,

(झ) गाउँपालिका, नगरपालिका वा जिल्ला सभा वा त्यस्ता निकाय अन्तर्गतका स्थानीय तहका सरकारी कार्यालय,

(ञ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको सरकारले कानून बमोजिम स्थापना गरेको आयोग, समिति वा त्यस्तै अन्य निकाय,

(ट) कानून बमोजिम स्थापना भएको संस्थान, सङ्गठित संस्था वा निकाय,

(ठ) परापूर्वदेखि सञ्चालन भई सम्पत्ति भएको मठ, मन्दिर, देवालय, चैत्य, गुम्बा, मस्जिद, गिर्जाघर, धर्मशाला, पाटी, सत्तल, अन्यतष्टीस्थल जस्ता सार्वजनिक प्रयोजनको लागि स्थापना भएको संस्था,

(ड) सार्वजनिक प्रयोजनको लागि स्थापना भएको सामुदायिक विद्यालय वा महाविद्यालय वा विश्वविद्यालय ।

Share this Law

दफा ४४: कानूनी सक्षमता स्वतः प्राप्त गरेको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.