दफा ११४ः उपचारात्मक कार्य गर्न सक्ने

Estimated reading: 0 minutes 471 views

यस ऐन बमोजिम भएको लेखापरीक्षण प्रतिवेदनको आधारमा समस्याग्रस्त संस्था वा सङ्घ पुन: सञ्चालन हुन सक्छ भन्ने आधार र कारण भएमा व्यवस्थापन समितिले देहायका उपचारात्मक कार्यहरू गर्न सक्नेछ:

(क) समितिलाई व्यवस्थापन वा काम कारोबार सञ्चालन गर्न आदेश दिने,

(ख) सम्बन्धित संस्था वा सङ्घका शेयर सदस्यहरूमध्येबाट अन्तरिम समितिको गठन गरी व्यवस्थापन वा काम कारोबार सञ्चालन गर्न लगाउने,

(ग) समिति विघटन गरी त्यस्तो संस्था वा सङ्घको साधारण सभा बोलाई सो को व्यवस्थापन वा काम कारोबार सञ्चालन गर्न नयाँ समितिको गठन गर्ने वा गराउने,

(घ) सम्बन्धित संस्था वा सङ्घ सदस्य रहेको केन्द्रीय विषयगत सहकारी सङ्घ वा राष्ट्रिय सहकारी महासङ्घले समस्याग्रस्त सङ्घ वा संस्थाको पुन:सञ्चालनको विश्वसनीय कार्ययोजना पेश गरी पुन:सञ्चालनको जिम्मेवारी लिन चाहेमा तोकिए बमोजिमको शर्त बन्देज सहित त्यस्तो जिम्मेवारी दिने,

(ङ) व्यवस्थापन समितिले उपयुक्त देखेको अन्य सुधारात्मक र उपचारात्मक उपाय अवलम्बन गर्ने।

Share this Law

दफा ११४ः उपचारात्मक कार्य गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.