दफा ३५०: अन्य गुठी सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 38 views

१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनुभन्दा अघि नै तत्काल प्रचलित कानून बमोजिम संस्थापना भई सञ्चालन हुँदै आएका गुठीलाई यस परिच्छेदका कुनै कुराले असर पार्ने छैन र त्यस्तो गुठी संस्थापना गर्ने दानपत्र, शिलापत्र, संस्थापनापत्र वा अन्य कुनै लिखितमा लेखिए बमोजिम वा रीत, परम्परा वा अभ्यास बमोजिम गुठी सञ्चालन गर्न सकिनेछ ।

तर त्यस्तो गुठी यो संहिता प्रारम्भ भएको तीन वर्षभित्र यस संहिता बमोजिम दर्ता गरी वा त्यस्तो गुठी सञ्चालन हुँदै आएको जानकारी पञ्जिकाधिकारीलाई गराई अभिलेख राख्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको गुठी जुन उद्देश्य र प्रयोजनका लागि संस्थापना भएको थियो सोही उद्देश्य र प्रयोजनका लागि संस्थापना भएको थियो सोही उद्देश्य र प्रयोजनका लागि पूर्ववत रुपमा व्यवस्थापन र सञ्चालन गर्नु पर्नेछ र सोही बमोजिमको उद्देश्य र प्रयोजन पूरा गरी बाँकी रहेको सम्पत्ति वा आम्दानी भोग चलन गर्न वा धितो बन्धक राख्न सकिनेछ ।

३) उपदफा (१) बमोजिम संस्थापना भएको गुठीको उद्देश्य र प्रयोजनमा प्रतिकूल असर नपर्ने गरी गुठीको सम्पत्ति खरिद बिक्री गर्न सकिनेछ ।

४) उपदफा (३) बमोजिम खरिद गरी लिने व्यक्तिले जुन प्रयोजनका लागि गुठी संस्थापना भएको हो सोही उद्देश्य र प्रयोजनका निमित्त सम्पत्ति प्रयोग गर्नु पर्नेछ ।

५) सरकारी जग्गा प्राप्त गरी कुनै खास प्रयोजनका लागि उपदफा (१) बमोजिमको गुठी संस्थापना वा सञ्चालन गरेको भए त्यस्तो जग्गा जुन प्रयोजनका लागि गुठी सञ्चालन भएको थियो त्यस्तो उद्देश्य र प्रयोजन पूरा गर्न प्रयोग गर्नु पर्नेछ र त्यस्तो जग्गा गुठी राख्ने वा निजका सन्तान वा हकवालाले भोगचलन गर्न पाउने छैन ।

६) उपदफा (५) बमोजिमको व्यक्तिले त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा नगरेमा जुन व्यक्तिले त्यस्तो उद्देश्य र प्रयोजन पूरा गरेको छ सोही व्यक्तिले त्यस्तो जग्गा भोग चलन गर्न पाउनेछ ।

७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखत नभई उपदफा (१) बमोजिमको गुठी कसैले निरन्तर रूपमा सोह्र वर्ष वा सोभन्दा बढी अवधिवेखि सञ्चालन गर्दै आएको रहेछ भने त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा गरी त्यसको सम्पत्ति निजले भोग चलन गर्न सक्नेछ ।

८) यस दफामा लेखिएको बाहेकका अन्य कुराहरू गुठी संस्थापनापत्र, शिलापत्र, दानपत्रमा लेखिए बमोजिम वा त्यस्तो गुठी सञ्चालन सम्बन्धी परम्परा र अभ्यास बमोजिम हुनेछ ।

Share this Law

दफा ३५०: अन्य गुठी सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.