दफा ३४२: गुठी सञ्चालकले गर्न नहुने

Estimated reading: 1 minute 35 views

१) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकले देहायको काम गर्न वा गराउन हुँदैन:-

(क) गुठीको सम्पत्ति गुठीको उद्देश्य पूरा गने बाहेक अन्य कुनै किसिमले प्रयोग गने,

(ख) गुठीको सम्पत्ति गुठीको उद्देश्य पूरा गर्न बाहेक आफू वा अरू कसैलाई मुनाफा हुने कुनै काममा प्रयोग गर्न वा लगाउन,

(ग) अर्को गुठी सञ्चालक वा अन्य कसैलाई गुठी सञ्चालकको जिम्मेवारी वा दायित्व प्रत्यायोजन वा सुम्पन,

तर कुनै सामान्य कारोबारमा आफ्नो प्रतिनिधि वा वारेस नियुक्त गर्न वा त्यस्तो कारोबारको प्रकृतिले जिम्मेवारी वा दायित्व प्रत्यायोजन हुनु पर्ने रहेछ भने त्यस्तो जिम्मेवारी वा दायित्व सुम्पन वा हितग्राही यकिन भएकोमा त्यस्तो हितग्राहीको अनुमतिले कसैलाई कुनै जिम्मेवारी दिन बाधा पर्ने छैन ।

(घ) एकभन्दा बढी गुठी सञ्चालक भएकोमा दफा ३२९ विपरीत एकलैले गुठी सम्बन्धी कुनै काम गर्न,

(ङ) गुठी सञ्चालक भए बापत निजले कुनै किसिमको पारिश्रमिक, भत्ता वा सुविधा प्राप्त गर्नु,

तर कार्यालय स्थापना गरी पूर्णकालीन वा आंशिक काम गरेकोमा वा गुठीको उद्देश्य वा हितग्राहीको हित प्रतिकूल नहुने गरी पञ्जिकाधिकारीको पूर्व स्वीकृति लिई मनासिब पारिश्रमिक, भत्ता वा सुविधा लिन सकिनेछ ।

(च) गुठी सञ्चालक बहाल रहेको अवधिभर र गुठी सञ्चालकबाट अवकाश प्राप्त गरेको कम्तीमा तीन वर्ष व्यतीत नभई आफू सञ्चालक रहेको गुठीको सम्पत्ति खरिद गर्न वा त्यस्तो सम्पत्ति कुनै किसिमले धितो, बन्धक, लिज वा भाडामा लिन।

२) गुठी सञ्चालकले आफ्नो निजी सम्पत्ति र गुठी सम्पत्ति बीच आर्थिक कारोबार गर्नु गराउन पाउने छैन । त्यस्तो कार्य गरेमा गुठी सम्पत्तिमा पुग्न गएको क्षति बापत निजले क्षतिपूर्ति दिनु पर्नेछ ।

३) गुठी सञ्चालकले आफ्नो सम्पत्ति र गुठी सम्पत्तिलाई मिसाउन पाउने छैन ।

Share this Law

दफा ३४२: गुठी सञ्चालकले गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.