दफा ६८५: त्रुटिपूर्ण उत्पादन बापत दायित्व व्यहोर्नु पर्ने

Estimated reading: 1 minute 5 views

१) कसैले त्रुटिपूर्ण उत्पादन गरी कुनै वस्तु वा सेवा बिक्री, वितरण गर्न, गराउन हुँदैन।

२) उपदफा (१) बमोजिमको त्रुटिपूर्ण उत्पादन कसैले बिक्री वा वितरण गरी त्यस्तो वस्तुको उपभोग गर्दा कसैको जीउ, ज्यान वा सम्पत्ति उपर हानि, नोक्सानी भएमा त्यस वापत उत्पादकले यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्नेछ।

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि:

(१) “त्रुटिपूर्ण उत्पादन” भन्नाले कुनै उत्पादन उपभोग गर्दा सामान्य मानिसले मनासिब तवरले अपेक्षा गर्ने न्यूनतम सुरक्षाका उपायहरू देहायको कुनै कारणबाट नभएको कुनै वस्तु वा सेवा सम्झनु पर्छ:

(क) त्रुटिपूर्ण डिजाइन, निर्माण, प्रशोधन वा जडान,

(ख) त्रुटिपूर्ण प्याकिङ्ग, संरक्षण वा भण्डारण,

(ग) त्रुटिपूर्ण प्रस्तुति,

(घ) उत्पादित वस्तु वा सेवाको प्रकृति अनुसार सम्भावित जोखिम वा खतरालाई नियन्त्रण गर्ने पर्याप्त उपाय वा पूर्वसावधानीको अभाव

२) “उत्पादक” भन्नाले त्रुटिपूर्ण वस्तु वा सेवा अन्तिम रूपमा उत्पादन गरी बिक्री वितरण गर्ने उत्पादक सम्झनु पर्छ र सो शब्दले देहायको व्यक्ति समेतलाई जनाउनेछ:-

(क) उत्पादक पत्ता नलागेकोमा त्रुटिपूर्ण वस्तु बिक्री वितरण गर्ने वितरक वा विक्रेता,

(ख) पैठारी गरिएको वस्तु भए त्रुटिपूर्ण वस्तु पैठारी गर्ने पैठारीकर्ता वा त्यस्तो वस्तु बिक्री वितरण गर्ने वितरक वा विक्रेता ।

(३) “वस्तु” भन्नाले सर्वसाधारणले उपभोग गर्ने कुनै औद्योगिक उत्पादन सम्झनु पर्छ।

Share this Law

दफा ६८५: त्रुटिपूर्ण उत्पादन बापत दायित्व व्यहोर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.