दफा ४८६: सगोलको सम्पत्तिबाट रकम भराई लिन नपाउने

Estimated reading: 0 minutes 3 views

१) कसैले कुनै व्यक्तिसँग लेनदेन गरेकोमा त्यस्तो लेनदेनको लिखतमा घरको मुख्य व्यक्तिको सहीछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहूले त्यस्तो सम्पत्तिबाट आफ्नो रकम भराई लिन पाउने छैन ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि घरको मुख्य भई काम गर्ने व्यक्तिले त्यस्तो रकम तिरिदिएमा साहूले लिन पाउनेछ।

३) उपदफा (१) बमोजिमको अवस्था परी कुनै व्यक्तिले ऋणीसँग रकम लिन नसक्ने भएमा दश वर्षभित्र साहूले ऋणी उपर नालिस गरी आफ्नो हक कायम गरी राख्नु पर्नेछ।

४) उपदफा (३) बमोजिम ऋणीसँग हक कायम गरेकोमा सगोलको सम्पत्तिमा निजको हक पुगेपछि साहूले निजबाट कानून बमोजिम आफ्नो रकम भराई लिन पाउनेछ।

५) उपदफा (४) बमोजिम रकम भराई लिनको लागि असामीको हक पुगेको मितिले नालिस गर्ने हदम्याद शुरू हुनेछ।

Share this Law

दफा ४८६: सगोलको सम्पत्तिबाट रकम भराई लिन नपाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.