दफा १३८: विष्फोटक पदार्थ उत्पादन गर्न नहुने

Estimated reading: 1 minute 3 views

१) कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएको शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।

स्पष्टीकरण: यस संहिताको प्रयोजनका लागि:

(क) “विष्फोटक पदार्थ” भन्नाले विष्फोटन भई क्षति पुर्‍याउने आइ.इ.डी; टी.एन.सी. एमाटोल, बारोटोल, पेन्टोलाइट, र्‍यापिड डिटोर्नेटिभ एक्स्प्लोसिभ (आर.डी.एक्स), टोर फेक्स, ब्लाष्टिक एक्स्प्लोसिभ, डाइनामाइट, बारूद, नाइट्रोग्लिसिरिन, जेलेग्नाइट, स्टेमाइट, सेल्साइट, डिटोनेटर, ब्लष्टिक क्याप, विद्युतीय ब्लष्टिक क्याप, फ्यूज, आतिसवाजी, पटाका, गन कटन, गन पाउडर ब्लास्टिक पाउडर, पारो (मर्करी) वा अन्य कुनै धातुको फुल्यूनेट, सोही प्रकृतिका विष्फोटन हुने अन्य कुनै पदार्थ वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै पदार्थ सम्झनु पर्छ र सो शब्दले बम समेतलाई जनाउँछ।

(ख) “बम” भन्नाले कुनै विष्फोटक पदार्थ वा अन्य कुनै साधन, फर्मूला, प्रक्रिया वा उपायद्वारा आफै वा अन्य कुनै पदार्थद्वारा विष्फोटन हुने गरी बनाइएको ग्रिनेड वा त्यस्तै प्रकृतिको अन्य विष्फोटक पदार्थयुक्त वस्तु वा पदार्थ सम्झनु पर्छ।

२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:-

(क) कडा विष्फोटक पदार्थ (हाइ एक्स्प्लोसिभ) भए दश वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिबाना,

(ख) नरम विष्फोटक पदार्थ (लो एक्स्प्लोसिभ) भए पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिबाना,

(ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिबाना,

(घ) विष्फोटक पदार्थ उत्पादन वा निर्माण गर्ने संयन्त्र, मेशीन वा ज्यावलको उत्पादन गर्ने, प्रयोग गर्ने, राख्ने वा अन्य कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र बीस हजार रूपैयाँसम्म जरिबाना ।

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि,-

(१) “कडा विष्फोटक पदार्थ” भन्नाले डाइनामाइट, नाइट्रोग्लिसरिन, टि.एन.सी., जेलेग्नाइट, मर्नक्टनरलाव, पारोको फुल्यूनेट, आर.डी. एक्स, एमाटोल, बारोटोल, पेन्टोलाइट, स्टेमाइट, सेल्साइटल, ब्लाष्टिक एक्स्पोलिभस बम र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ ।

(२) “नरम विष्फोटक पदार्थ” भन्नाले ब्लाष्टिक पाउडर, गन पाउडर, गन कटन, पारो, बारुद वा अन्य कुनै धातुको फुल्यूनेट र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ ।

(३) “सामान्य विष्फोटक पदार्थ” भन्नाले डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्यूज, आतिसवाजी, पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ ।

Share this Law

दफा १३८: विष्फोटक पदार्थ उत्पादन गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.