दफा २: परिभाषा

Estimated reading: 1 minute 313 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) …………

(ख) “प्रतिष्ठान” भन्नाले श्रम ऐन, २०७४ को दफा २ को खण्ड (ञ) बमोजिमको प्रतिष्ठान सम्झनु पर्छ।

(ख१) “नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठान” भन्नाले नेपाल सरकारको पूर्ण वा अधिकांश हिस्सा भएको प्रतिष्ठान सम्झनु पर्छ र सो शब्दले त्यस्तो प्रतिष्ठानको पूर्ण वा अधिकांश हिस्सा भएको प्रतिष्ठान समेतलाई जनाउँछ।

(ग) “आर्थिक वर्ष” भन्नाले कुनै प्रतिष्ठान …………..आफ्नो आम्दानी खर्चको अन्तिम रुपमा लेखापरीक्षण गर्ने तात्पर्यको लागि कुनै एउटा सालको कुनै एक दिनबाट शुरु हुने एक वर्षको अवधि सम्झनु पर्छ।

तर त्यसरी नतोकिएकोमा श्रावण सक्रान्तिबाट शुरु भई आषाढ मसान्तमा अन्त हुने साललाई जनाउँछ।

(घ) “कर्मचारी” भन्नाले कुनै प्रतिष्ठानमा सुपरीक्षण, प्रशासकीय, प्राविधिक वा अन्य कुनै काम गरे बापत तलब वा ज्याला लिई काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले प्रतिष्ठानमा काम गर्ने कामदारलाई समेत जनाउँछ।

(ङ) “तलब वा ज्याला” भन्नाले कुनै कर्मचारीले कुनै प्रतिष्ठानमा काम गरे बापत नगदको रुपमा भुक्तानी पाउन सक्ने कुनै किसिमको पारिश्रमिक सम्झनु पर्छ।

तर सो शब्दले बिजुली, पानी, औषधी, भ्रमण, बोनस, सञ्चयकोष वा अनुदान बापत कुनै प्राप्त हुने अरु कुनै रकमलाई जनाउने छैन।

(च) “व्यवस्थापक” भन्नाले श्रम ऐन, २०७४ को दफा २ को खण्ड (द) बमोजिमको व्यवस्थापक सम्झनु पर्छ।

(छ) “श्रम विभाग” भन्नाले नेपाल सरकारको श्रम विभाग सम्झनु पर्छ।

(ज) “श्रम कार्यालय” भन्नाले नेपाल सरकारले स्थापना गरेको श्रम कार्यालय सम्झनु पर्छ।

(ज१) “श्रम अदालत” भन्नाले श्रम ऐन, २०७४ को दफा १५१ बमोजिम गठन भएको श्रम अदालत सम्झनु पर्छ।

(झ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

१ चौथो संशोधनद्वारा झिकिएको।

२ केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७४ द्वारा संशोधित।

३ पहिलो संशोधनद्वारा थप।

४ चौथो संशोधनद्वारा संशोधित।

५ केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।

६ चौथो संशोधनद्वारा थप।

Share this Law

दफा २: परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.