दफा ६१५: लिजप्राप्तकर्ता जबाफदेही हुने

Estimated reading: 1 minute 26 views

१) लिजमा लिएको वस्तुको हानि, नोक्सानी हुनबाट बचाउन लिजप्राप्तकर्ताले त्यस्तो वस्तुको प्रकृति अनुसार पर्याप्त सुरक्षाका उपायहरू अपनाई त्यस्तो वस्तुको भोगचलन वा प्रयोग गर्नु पर्नेछ ।

२) लिज करार बहाल रहँदाका बखत लिजमा लिएको वस्तु कुनै कारणले नष्ट वा विनाश भएमा वा त्यसको कुनै किसिमले हानि, नोक्सानी भई वा लिजप्राप्तकर्ता, निजको परिवारको सदस्य, निजको एजेन्ट वा तेस्रो पक्षको हेलाचक्र्याइँले त्यस्तो वस्तु नोक्सानी भई मूल्य कम हुने भएमा त्यस बापत लिजप्राप्तकर्ता जवाबदेही हुनेछ र निजले सोही बमोजिम त्यस्तो वस्तुलाई पूर्व अवस्थामा ल्याउनु पर्नेछ र त्यस्तो गर्न नसकेमा त्यस बापत क्षतिपूर्ति भुक्तानी गर्नु पर्नेछ ।

३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपद् (फोर्स म्याजुएरे) को कारणबाट लिजमा लिएको वस्तुको हानि, नोक्सानी भएमा लिजप्राप्तकर्ता जवाबदेही हुने छैन ।

४) उपदफा (३) बमोजिम विपद्को कारणबाट लिजमा लिएको वस्तुको आंशिक रूपमा हानि, नोक्सानी भएकोमा त्यसलाई लिजदाताले पूर्वावस्थामा नल्याएमा वा ल्याउन नसकिने भएमा जुन अनुपातमा त्यसरी हानि, नोक्सानी भएको छ सोही अनुपातमा लिजदाताले लिज बहाल घटाउनु पर्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “विपद्” भन्नाले देहायको कुनै अवस्था सम्झनु पर्छ:-

(१) आँधी, भूकम्प, ज्वालामुखी,

(२) अतिवृष्टि, बाढी, पहिरो, भूस्खलन, चट्याङ्ग,

(३) लिजप्राप्तकर्ता वा निजको परिवार, कर्मचारी, कामदार वा तेस्रो पक्षको बदनियत, लापरबाही वा हेलचक्र्याइँबाट भएको बाहेक अन्य कुनै किसिमबाट भएको आगलागी,

(४) आतङ्क, नागरिक विद्रोह, गृहयुद्ध,

(५) मानवीय नियन्त्रण बाहिरका त्यस्तै प्रकृतिका अन्य प्राकृतिक विपद्हरू ।

Share this Law

दफा ६१५: लिजप्राप्तकर्ता जबाफदेही हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.