दफा ५०८: प्रस्ताव र स्वीकृति पूरा भएको मानिने

Estimated reading: 0 minutes 3 views

१) प्रस्ताव पठाएको कुरा प्रस्तावित व्यक्तिले थाहा पाएपछि प्रस्ताव पठाउने कार्य पूरा भएको मानिनेछ ।

२) प्रस्तावमा आफ्नो स्वीकृति जनाई प्रस्तावित व्यक्तिले प्रस्तावक समक्ष पठाएको स्वीकृति प्रस्तावकले पाएमा प्रस्तावकको हकमा र प्रस्तावित व्यक्तिले प्रस्तावमा स्वीकृति दिएको कुरा प्रस्तावकलाई थाहा भएमा प्रस्तावित व्यक्तिको हकमा स्वीकृति दिने कार्य पूरा भएको मानिनेछ ।

३) प्रस्तावमा प्रत्यक्ष रूपमा स्वीकृति नजनाएको भए तापनि प्रस्तावित व्यक्तिले आफ्नो आचरणबाट प्रस्तावमा उल्लिखित कुनै शर्त पालना गरेमा, प्रस्तावमा उल्लिखित लाभ वा सेवा स्वीकार गरेमा वा अन्य कुनै व्यहोराबाट स्वीकृति जनाएमा पनि प्रस्तावमा स्वीकृति प्रदान गरेको मानिनेछ।

४) प्रस्तावकले कुनै निश्चित समय तोकी त्यस्तो समयसम्म प्रस्ताव इन्कार गरिएको सूचना नपठाएमा प्रस्ताव स्वीकार गरेको मानिनेछ भन्ने व्यवहाराको प्रस्ताव राखेको भए त्यस्तो समयसम्म प्रस्तावित व्यक्तिले प्रस्ताव स्वीकार गरेको सूचना नपठाएमा त्यस्तो प्रस्ताव स्वीकार गरेको मानिने छैन।

Share this Law

दफा ५०८: प्रस्ताव र स्वीकृति पूरा भएको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.