दफा ४१०: शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउन सकिने

Estimated reading: 0 minutes 3 views

१) शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफै उपस्थित भई निवेदन दिई आफूले गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम शेषपछिको बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो व्यक्ति सम्बन्धित अधिकारी समक्ष उपस्थित भई छुट्टै लिखत खडा गरी त्यस्तो शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउन पर्नेछ ।

३) उपदफा (२) बमोजिम शेषपछिको बकसपत्र रद्द वा संशोधन गर्ने लिखत गराउँदा शेषपछिको बकसपत्र गराउँदाको कार्यविधि अवलम्बन गर्नु पर्नेछ ।

४) कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति यस दफा बमोजिम शेषपछिको बकसपत्र रद्द नगराई सोही सम्पत्ति अर्को व्यक्तिलाई शेषपछिको बकसपत्र गरी दिन सक्ने छैन।

५) उपदफा (४) को प्रतिकूल हुने गरी शेषपछिको बकसपत्र भएकोमा पहिले गरेको शेषपछिको बकसपत्र स्वतः मान्य हुनेछ।

Share this Law

दफा ४१०: शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउन सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.