दफा २५: निजी रक्षाको अधिकारमा बन्देज

Estimated reading: 1 minute 28 views

१) दफा २४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वा कामका विरुद्ध निजी रक्षाको अधिकार प्राप्त हुन सक्ने छैन:-

(क) कसैको जिउ वा सम्पत्तिमा गैरकानूनी क्षति पुर्‍याउने काम हुँदाका बखत त्यस्तो क्षतिबाट बचाउन तत्काल सार्वजनिक अधिकारीको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्था भएकोमा,

(ख) जसको जिउ वा सम्पत्तिमा क्षति पुगेको हो त्यस्तो व्यक्तिले नै क्षति पुर्‍याउने व्यक्तिलाई उत्तेजित गरेको कारणबाट त्यसरी क्षति पुगेकोमा,

(ग) अदालतको फैसला वा आदेश अनुसार कुनै राष्ट्रसेवकले असल नियतले कुनै काम गरेकोमा,

(घ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले कुनै काम गरेकोमा,

(ङ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले दिइएको निर्देशन अनुसार कसैले कुनै काम गरेकोमा ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै व्यक्ति निजी रक्षाको अधिकारबाट वञ्चित हुने छैनः-

(क) उपदफा (१) को खण्ड (ग) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो र निज अदालतको फैसला वा आदेशानुसार काम गर्दैछ भन्ने कुरा जानकारी हुने वा विश्वास गर्ने मनासिब कारण नभएमा वा निजको परिचय वा सो काम गर्न पाएको अधिकारपत्र माग गर्दा पनि निजले आफ्नो परिचय नदिएमा वा त्यस्तो काम गर्न पाएको अधिकारपत्र नदेखाएमा,

(ख) उपदफा (१) को खण्ड (घ) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नु पर्ने मनासिब कारण नभएमा,

(ग) उपदफा (१) को खण्ड (ङ) मा उल्लिखित काम गर्ने व्यक्तिले त्यस्तो काम कुनै राष्ट्रसेवकको निर्देशनमा गरिरहेको हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नु पर्ने मनासिब कारण नभएमा वा त्यस्तो निर्देशन अनुसार त्यस्तो काम गर्न लागेको हो भन्ने कुरा निजले जानकारी नदिएमा वा त्यस्तो काम गर्न अधिकारपत्र भएकोमा माग गर्दा पनि त्यस्तो अधिकारपत्र नदेखाएमा ।

३) दफा २४ वा यस दफा अन्तर्गत निजी रक्षाको अधिकार प्रयोग गर्दा त्यस्तो रक्षा गर्नको लागि आवश्यक पर्ने मनासिब बलभन्दा बढी बल प्रयोग गर्न सकिने छैन ।

Share this Law

दफा २५: निजी रक्षाको अधिकारमा बन्देज

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.