दफा ३२८: गुठी सञ्चालकको पद रिक्त सम्बन्धी व्यवस्था

Estimated reading: 1 minute 36 views

१) देहायका कुनै अवस्थामा गुठी सञ्चालकको पद रिक्त हुनेछः-

(क) गुठी सञ्चालक हुन निज अयोग्य भएमा,

(ख) निजले गुठी सञ्चालकको पदबाट राजीनामा दिएमा,

(ग) निजको मृत्यु भएमा वा दामासाहीमा परेमा,

(घ) सङ्गठित संस्था भए कानून बमोजिम विघटन, खारेजी भएमा वा दामासाहीमा परेमा,

(ङ) निश्चित अवधिको लागि गुठी स्थापना भएको भए सो अवधि पूरा भएमा,

(च) निश्चित पदावधि तोकी गुठी सञ्चालक नियुक्त भएकोमा त्यस्तो पदावधि समाप्त भएमा,

(छ) गुठी सम्पत्ति हिनामिना गरेको वा त्यस्तो सम्पत्तिको मनासिब हेरचाह नगरेको कारण देखाई गुठी संस्थापक वा अदालतले निजलाई हटाएमा ।

२) उपदफा (१) बमोजिम गुठी सञ्चालकको पद रिक्त भएमा त्यस्तो पद संस्थापनापत्रमा उल्लेख भएको कार्यविधि पूरा गरी पदपूर्ति गर्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिम गुठी सञ्चालकको पदपूर्ति हुन नसकेमा हितग्राही भए निजले र हितग्राही नभए वा हितग्राही यकिन हुन नसकेमा सम्बन्धित स्थानीय तहले गुठी सञ्चालक नियुक्ति गर्न सम्भावित नामावली सहित सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।

४) उपदफा (३) बमोजिम गुठी सञ्चालक नियुक्त गर्न निवेदन पर्न आएमा जिल्ला अदालतले संस्थापनापत्रको भावना अनुरुप निवेदकले उपलब्ध गराएको उम्मेदवारको नामावलीमध्येबाट उपयुक्त व्यक्तिलाई गुठी सञ्चालकको पदमा नियुक्त गर्नु पर्नेछ।

५) उपदफा (१) बमोजिमको कारणबाट कुनै गुठी सञ्चालक पदबाट मुक्त भएमा निजले यथाशीघ्र आफ्नो जिम्मा, नियन्त्रण वा उपभोगमा रहेको गुठीको सम्पत्ति अन्य सञ्चालकलाई हस्तान्तरण गर्नु पर्नेछ र त्यसरी निज पदमुक्त भएको कारणले मात्र निजले सञ्चालक हुँदाका बखत गरेको काम कारबाही बापतको कुनै किसिमको दायित्व वा कानूनी कारबाहीबाट उन्मुक्ति पाउने छैन।

तर सबै सञ्चालक पदमुक्त हुने भएमा अर्को सञ्चालक नियुक्त भएको पछि त्यस्तो सम्पत्ति हस्तान्तरण गर्न पर्नेछ।

६) यस दफा बमोजिम एक जना मात्र सञ्चालक भएको सार्वजनिक गुठीको सञ्चालक पद रिक्त भएमा वा पदपूर्ति भएकोमा त्यसको जानकारी पञ्जिकाधिकारीलाई दिनु पर्नेछ।

Share this Law

दफा ३२८: गुठी सञ्चालकको पद रिक्त सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.