दफा ८८घः फरफारखको अवधिभर अधिकार स्वतः निलम्बन हुने

Estimated reading: 0 minutes 339 views

१) फरफारखको प्रक्रियामा रहेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीको अधिकार फरफारखको अवधिभर स्वतः निलम्बन हुनेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष प्रशासन समूहले तोकेका कार्यहरु गर्नको लागि सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारीहरुमध्ये सबै वा कसैको निलम्बन सम्बन्धी काममा खटाउन सक्नेछ।

३) विशेष प्रशासन समूहले उपदफा (२) बमोजिम काममा खटिन दिएको निर्देशनको पालना नगर्ने व्यक्तिलाई कनै पनि समयमा बर्खास्त गर्न सक्नेछ।

४) उपदफा (३) बमोजिम बर्खास्त भएको व्यक्तिले त्यस्तो बैङ्क वा वित्तीय संस्थाबाट कुनै पारिश्रमिक तथा सुविधा पाउने छैन।

Share this Law

दफा ८८घः फरफारखको अवधिभर अधिकार स्वतः निलम्बन हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.