दफा ६८७: दायित्वबाट फुर्सद पाउने

Estimated reading: 1 minute 3 views

दफा ६८५ मा जुनसुकै कुरा लेखिएको भाए तापनि देहायको कुरा प्रमाणित गरेको अवस्थामा उत्पादकले दायित्व व्यहोर्नु पर्ने छैन:-

(क) निजले त्रुटिपूर्ण उत्पादनको उत्पादन, बिक्री वा वितरण नगरेको,

(ख) निजले उत्पादन, पैठारी वा बिक्री वितरण गरेको वस्तु वा सेवा उत्पादन, पैठारी वा बिक्री वितरण गर्दाका बखत त्रुटिपूर्ण नरहेको वा बिक्री वितरण भइसकेपछि त्रुटिपूर्ण भएको,

(ग) निजले उत्पादन गरेको वस्तु वा सेवा बिक्री, वितरणमा नरहेको वा बिक्री नगरिएको,

(घ) उत्पादित वस्तु वा सेवा उपभोग गर्दा पालना गर्नु पर्ने निर्देशन उपभोक्ताले पालना नगरेको कारणले क्षति भएको,

(ङ) उपभोक्ताले सही तरिकाबाट उत्पादन उपभोग नगरेको वा गर्न नहुने तरिकाबाट उपभोग गरेको कारणले क्षति भएको,

(च) वस्तु वा सेवा उत्पादन वा वितरण गर्दाको बखत त्यस्तो वस्तु वा सेवा त्रुटिपूर्ण थियो भन्ने वैज्ञानिक तथा प्राविधिक ज्ञान नरहेको,

(छ) जुन उत्पादनबाट क्षति भएको छ त्यस्तो उत्पादनको उचित तरिकाबाट उपयोग नगरेमा क्षति हुन सक्ने जानकारी बिक्री गर्दाको बखत गराएको,

(ज) हानि, नोक्सानी हुन्छ भन्ने थाहा हुँदाहुँदै वा थाहा हुनु पर्ने मनासिब कारण हुँदाहुँदै वस्तु वा सेवा उपभोग गरेको।

Share this Law

दफा ६८७: दायित्वबाट फुर्सद पाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.