दफा २५१: सम्पत्तिको आपराधिक उपयोग गर्न नहुने

Estimated reading: 1 minute 9 views

१) कसैले सम्पत्तिको आपराधिक उपयोग गर्न वा गराउन हुँदैन ।

२) उपदफा (१) को प्रयोजनका लागि कसैले देहायको काम गरेमा निजले सम्पत्तिको आपराधिक उपयोग गरेको मानिनेछ:-

(क) अर्काको सम्पत्ति बेइमानीको नियतले कब्जा गरी उपयोग गरेमा, हानि, नोक्सानी वा हिनामिना गरेमा वा सम्बन्धित व्यक्तिको मञ्जुरी बिना भाडामा लगाएमा वा बेचबिखन गरेमा,

तर कुनै जग्गाको वास्तविक सँधियारले भुलवश सामान्य रूपमा साँध सीमाना मिच्ने गरी कसैको सम्पत्ति उपयोग गरेकोमा यस खण्ड बमोजिमको कसूर मानिने छैन ।

(ख) बेवारिसी सम्पत्ति पाउने व्यक्तिले त्यस्तो सम्पत्तिको धनी थाहा भएर वा त्यस्तो सम्पत्तिको धनी थाहा हुँदा हुँदै वा थाहा पाएपछि पनि मनसिब समयभित्र त्यस्तो धनीलाई त्यस्तो सम्पत्ति फिर्ता नगरी वा सम्पत्ति फिर्ता लिन सूचना नदिई वा त्यस्तो सम्पत्तिको धनीलाई उचित म्यादसम्म नपर्खी बेइमानीपूर्वक त्यस्तो सम्पत्ति आफ्नो निमित्त उपयोग गरेमा वा कुनै प्रकारले रूपान्तरण गरेमा ।

तर उचित प्रयास गर्दा पनि सम्पत्तिको धनी पत्ता नलागेमा वा सूचना दिएको उचित म्यादभित्र सम्पत्ति धनी सम्पत्ति फिर्ता लिन नआएमा सम्पत्ति पाउने व्यक्तिले सो सम्पत्ति आफ्नो निमित्त असल नियतले उपयोग गरेमा यस दफा बमोजिमको कसूर गरेको मानिने छैन ।

३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ:-

(क) कुनै व्यक्तिको मृत्यु हुँदाको बखत निजको कब्जामा रहेको सम्पत्ति निजको कानून बमोजिमको हकवालाले कब्जामा नपर्दै त्यस्तो सम्पत्तिको आपराधिक उपयोग गरेमा वा बालबालिका, मानसिक वा शारीरिक अस्वस्थताले होस ठेगानमा नरहेको व्यक्ति वा पचहत्तर वर्ष माथिका व्यक्तिको सम्पत्तिको आपराधिक उपयोग गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,

(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा सम्पत्तिको आपराधिक उपयोग गरेको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय ।

४) यस दफा बमोजिम आपराधिक उपयोग गरेको सम्पत्ति फिर्ती गर्न सकिने अवस्थामा रहेछ भने त्यसरी उपयोग गर्ने व्यक्तिले त्यस्तो सम्पत्तिको धनी वा निजको मृत्यु भइसकेको भए निजको नजिकको हकवालालाई फिर्ता गर्नु पर्नेछ ।

Share this Law

दफा २५१: सम्पत्तिको आपराधिक उपयोग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.