दफा ६१: ऋण वा दायित्व भुक्तान गर्ने प्राथमिकताक्रम

Estimated reading: 1 minute 7 views

१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिको जायजेथाको दामासाही गर्दा वा गराउँदा त्यस्तो व्यक्तिको जायजेथाबाट देहायको प्राथमिकताक्रमको आधारमा त्यस्तो व्यक्तिले भुक्तान गर्नु पर्ने ऋण वा पूरा गर्नु पर्ने दायित्व फछ्यौँट गर्नु पर्नेछ:-

(क) दामासाही सम्बन्धी कारबाही गर्दा लागेको खर्च,

(ख) धितो बन्धक लिई ऋण दिने सुरक्षित साहूको दायित्व त्यस्तो धितो बन्धकले राखेको हदसम्म,

(ग) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई भुक्तानी गर्नु पर्ने कर, जरिबाना वा अन्य सरकारी दस्तुर र बाँकी रकम,

(घ) खण्ड (ख) मा लेखिएदेखि बाहेकका अन्य साहूको ऋण,

(ङ) खण्ड (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेकका अन्य दाबीकर्ताको दाबी ।

२) उपदफा (१) बमोजिम ऋण वा दायित्व भुक्तान वा फछ्यौँट गर्दा एउटै प्राथमिकताक्रममा एकभन्दा बढी साहू वा दाबीकर्ता भएकाेमा प्रत्येक साहू वा दाबीकर्ताको ऋण वा दाबी रकमको अनुपातमा दामासाही भएको जायजेथाबाट समानुपातिक दरमा ऋण वा दाबी फिर्द्यौँट गर्नु पर्नेछ ।

३) उपदफा (१) को खण्ड (ख) बमोजिम सुरक्षित साहूहरूको ऋण भुक्तानी गर्दा निजले धितो बन्धक लिएको जायजेथाबाट निजको ऋण असुल उपर भइसकेपछि त्यस्तो धितोको कुनै अंश वा रकम बाँकी रहेकोमा त्यस्तो अंश वा रकम उपर अन्य साहू वा दाबीकर्ताले दाबी गर्न सक्नेछन् ।

तर त्यस्तो जायजेथाबाट सुरक्षित साहूको ऋण पूर्ण रूपमा असुल हुन नसकेमा निजले अन्य सम्पत्ति दाबी गर्न सक्ने छैन ।

Share this Law

दफा ६१: ऋण वा दायित्व भुक्तान गर्ने प्राथमिकताक्रम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.