धारा ७७ः प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था

Estimated reading: 1 minute 9 views

१) देहायको कुनै अवस्थामा प्रधानमन्त्रीको पद रिक्त हुनेछः-

(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,

(ख) धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,

(ग) निज प्रतिनिधि सभाको सदस्य नरहेमा,

(घ) निजको मृत्यु भएमा ।

२) देहायको कुनै अवस्थामा मन्त्रीको पद रिक्त हुनेछः-

(क) निजले प्रधानमन्त्री समक्ष लिखित राजीनामा दिएमा,

(ख) प्रधानमन्त्रीले निजलाई पदमुक्त गरेमा,

(ग) उपधारा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा,

(घ) निजको मृत्यु भएमा ।

३) उपधारा (१) बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ ।

तर प्रधानमन्त्रीको मृत्यु भएमा अर्को प्रधानमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले प्रधानमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ ।

Share this Law

धारा ७७ः प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.