दफा २२१: फाँटवारीमा खुलाउनु पर्ने

Estimated reading: 1 minute 14 views

१) यस परिच्छेद बमोजिम सम्पत्तिको फाँटवारी दिँदा देहायका विवरणहरू खुलाउनु पर्नेछ:-

(क) जग्गा रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्रफल र अनुमानित मूल्य,

(ख) घर भए त्यस्तो घर रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्रफल, घरको कवल, नाल, तला, कच्ची पक्की र त्यसको अनुमानित मूल्य,

(ग) चल सम्पत्ति भए त्यसको विवरण र अनुमानित मूल्य,

(घ) नगद भए त्यसको विवरण, बैङ्क मौज्दात, शेयर, डिबेन्चर, ट्रेजरी बिल भए त्यस सम्बन्धी विवरण,

(ङ) पशु धन भए त्यसको विवरण र अनुमानित मूल्य,

(च) सुन, चाँदी, जवाहरत त्यसको विवरण र अनुमानित मूल्य,

(छ) सवारी साधन भए त्यसको विवरण र अनुमानित मूल्य,

(ज) खण्ड (क) देखि खण्ड (छ) मा उल्लेख भए बाहेकका अन्य सम्पत्ति भए त्यस्तो सम्पत्तिको विवरण र अनुमानित मूल्य ।

२) उपदफा (१) बमोजिम कुनै सम्पत्तिको मूल्य नखुलेमा वा मूल्यको सम्बन्धमा विवाद परेमा अदालतले अचलको हकमा मालपोत कार्यालयले कायम गरेको मूल्यलाई र चलको हकमा तत्काल प्रचलित बजार मूल्यलाई आधार लिनु पर्नेछ ।

Share this Law

दफा २२१: फाँटवारीमा खुलाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.