दफा ३१७: संस्थापनापत्रमा खुलाउनु पर्ने विवरण

Estimated reading: 1 minute 3 views

गुठीको संस्थापनापत्रमा देहायका विवरण खुलाउनु पर्नेछ:-

(क) गुठी संस्थापकको नाम, थर, वतन र सङ्गठित संस्था संस्थापक भए त्यस्तो संस्थाका सञ्चालकहरूको नाम, थर र वतन,

(ख) गुठीको उद्देश्य र प्रकृति,

(ग) गुठी सञ्चालकको नाम, थर, वतन र निजले गर्नु पर्ने कामको विवरण र सङ्गठित संस्था गुठी सञ्चालक हुने भए त्यस्तो संस्थाले गुठी सञ्चालकको काम गर्ने तोकेको व्यक्तिको नाम, थर र वतन,

(घ) हितग्राहीको विवरण,

(ङ) गुठी सम्पत्तिको प्रयोग गर्ने विधि,

(च) गुठी सञ्चालकको पदावधि तोकिएको भए त्यसको विवरण,

(छ) गुठी सञ्चालकले पारिश्रमिक वा अन्य कुनै सुविधा पाउने भए त्यसको विवरण र हद,

(ज) कुनै निश्चित अवधिको लागि गुठी स्थापना गर्न चाहको भए त्यस्तो अवधि,

(झ) गुठीको अन्य भएमा सोको परिणाम,

(ञ) गुठीको सम्पत्ति सञ्चालन, व्यवस्थापन तथा अनुगमन सम्बन्धी व्यवस्था,

(ट) अन्य आवश्यक कुराहरू ।

Share this Law

दफा ३१७: संस्थापनापत्रमा खुलाउनु पर्ने विवरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.