दफा ३६६: फलोपभोगको व्यवस्था अन्त्य भएको मानिने

Estimated reading: 1 minute 41 views

१) देहायका कुनै अवस्थामा फलोपभोगको व्यवस्था अन्त्य भएको मानिनेछ:-

(क) दफा ३६३ बमोजिम फलोपभोग बहाल रहने अवधि समाप्त भएमा,

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “अवधि समाप्त” भन्नाले,-

(१) एकमन्दा वडी प्राकृतिक व्यक्ति फलोपभोगी भएकोमा सबभन्दा पछि जुन फलोपभोगीको मृत्यु हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ।

(२) एकमन्दा बढी कानूनी व्यक्ति फलोपभोगी भएकोमा सबभन्दा पछि जुन फलोपभोगी कानूनी व्यक्तिको विघटन हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ।

(ख) दफा ३६४ बमोजिम फलोपभोग रद्द भई सम्पत्ति फिर्ता भएमा,

(ग) दफा ३६५ बमोजिम फलोपभोगीले फलोपभोगको सम्पत्ति फिर्ता गरेमा,

(घ) फलोपभोगीले मनासिब कारण बिना फलोपभोगको व्यवस्था प्रभावकारी भएको मितिले छ महिनासम्म सो व्यवस्था अन्तर्गत प्राप्त सम्पत्ति प्रयोग नगरेमा,

(ङ) कुनै खास उद्देश्य पूरा गर्नको लागि फलोपभोगको व्यवस्था कायम गरिएको भए त्यस्तो उद्देश्य पूरा भएमा,

(च) फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीको नाममा कानून बमोजिम हस्तान्तरण हुन गएमा,

(छ) फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको पूर्ण रूपमा विनाश भएमा ।

२) उपदफा (१) बमोजिम फलोपभोगको व्यवस्था अन्त्य भएमा सो उपदफाको खण्ड (च) वा (छ) को अवस्थामा बाहेक फलोपभोग अन्तर्गत कसैलाई दिएको सम्पत्ति स्वतः स्वामित्ववालामा सर्नेछ ।

३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको निश्चित उमेर पूरा नभएसम्म बहाल रहने शर्तमा कुनै सम्पत्ति फलोपभोगको व्यवस्था अन्तर्गत दिएकोमा त्यस्तो व्यक्तिको त्यस्तो उमेर पूरा हुनु अगावै मृत्यु भएमा पनि निज जीवित रहे सरह त्यस्तो उमेर पूरा हुने मितिसम्म फलोपभोगको व्यवस्था बहाल रहनेछ ।

Share this Law

दफा ३६६: फलोपभोगको व्यवस्था अन्त्य भएको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.