दफा ५१७: बदर हुने करार

Estimated reading: 1 minute 3 views

१) कानून बमोजिम मान्य नहुने करारलाई बदर हुने करार मानिनेछ।

२) देहाय बमोजिमका करार बदर हुनेछ:-

(क) कानूनले निषेध नगरेको पेशा, व्यापार वा व्यवसाय गर्नबाट कसैलाई रोक लगाइएको करार,

तर देहायको अवस्थामा कुनै पेशा, व्यापार वा व्यवसायमा रोक लगाउने गरी करार भएको मानिने छैन:-

(१) कुनै व्यापारको ख्याति खरिद बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो ख्याति बमोजिमको व्यापार वा व्यवसाय खरिद गर्ने खरिदकर्ता र बिक्रेताबीच सम्पन्न करारमा उल्लिखित अवधि र ठाउँमा त्यस्तो बिक्रेताले त्यस्तै प्रकारको व्यापार वा व्यवसाय गर्न नपाउने गरी भएको करार,

(२) साझेदार रहनुजेल साझेदारी फर्मको पेशा, व्यापार वा व्यवसाय बाहेक सोही प्रकृतिको पेशा, व्यापार वा व्यवसायका प्रतिस्पर्धी अन्य व्यक्तिहरूसँग सोही वा अन्य कुनै पेशा, व्यापार वा व्यवसाय गर्न नपाउने गरी साझेदारहरू बीच भएको करार,

(३) साझेदारी छोडिसके पछि साझेदारी फर्म बमोजिमको पेशा, व्यापार वा व्यवसाय निश्चित मनासिब अवधिसम्म वा निश्चित ठाउँमा नगर्ने गरी साझेदारहरू बीच भएको करार,

(४) कुनै व्यक्तिले कुनै व्यक्ति, फर्म, कम्पनी वा निकायसँग गरेको करार अनुसार त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा निकायको सेवामा छँदै वा सेवाबाट अवकाश प्राप्त गरेको निश्चित अवधिसम्म त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा निकायको प्रतिस्पर्धी अन्य व्यक्ति, फर्म, कम्पनी वा निकायको सेवा स्वीकार गर्न नपाउने गरी भएको करार ।

(ख) कानूनले निषेध गरेको विवाह बाहेक अन्य विवाहमा रोक लगाइएको करार,

(ग) सर्वसाधारणले उपभोग गरिरहेको सुविधा कसैलाई उपभोग गर्नबाट रोक लगाइएको करार,

(घ) कसैले पाएको कानूनी अधिकार कुनै अदालतबाट प्रचलन गराई पाउनबाट रोक लगाइएको करार,

(ङ) कानूनको विरुद्धमा भएको वा प्रचलित कानूनले निषेध गरेको कुरामा भएको करार,

(च) अनैतिक उद्देश्यको लागि वा सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) वा हितको विरुद्धमा भएको करार,

(छ) करार भएको विषयवस्तु करार गर्ने पक्षहरूलाई स्पष्ट रूपमा यकिन वा थाहा नभएबाट पूरा गर्न नसकिने अवस्थामा भएको करार,

(ज) करार गर्दाकै अवस्थामा पूरा गर्न असम्भव भएको करार वा काल्पनिक करार,

(झ) करारको विषयवस्तुको मनासिब अर्थ दिन नसक्ने भई अस्पष्ट रहेको करार,

(ञ) करार गर्न अयोग्य व्यक्तिबाट भएको करार,

(ट) गैरकानूनी उद्देश्य भएको करार,

(ठ) करारको अत्यावश्यक तथ्यको विषयमा करार गर्दाका बखत करारका दुवै पक्षहरूको भूलबाट भएको करार ।

३) बदर हुने करार प्रारम्भदेखि नै अमान्य हुनेछ र यसबाट कुनै कानूनी परिणाम र पक्षहरूको हक र दायित्व सृजना हुने छैन ।

४) करारको कुनै अंश बदर भएमा पनि बाँकी रहेको अंश कानून बमोजिम कार्यान्वयन हुनेछ।

Share this Law

दफा ५१७: बदर हुने करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.