दफा ६३६: वस्तु धनीले करार अन्त्य गर्न सक्ने

Estimated reading: 1 minute 5 views

१) वस्तु भाडामा लिने व्यक्तिले हायर पर्चेज करार बमोजिम भुक्तानी गर्नु पर्ने हायर पर्चेज मूल्यको एकबन्दा बढी किस्ता रकम भुक्तानी गर्न नसकेमा देहाय बमोजिमको पूर्व सूचना त्यस्तो व्यक्तिलाई दिई वस्तु धनीले जुनसुकै बखत हायर पर्चेज करार अन्त्य गर्न सक्नेछ:-

(क) एक हप्ता वा सोभन्दा कम अवधिको अन्तरालमा किस्ता रकम भुक्तान गर्नु पर्ने भएमा एक हप्ताको, 

(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा पन्ध्र दिनको । 

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भाडामा लिने व्यक्तिले सो उपदफा बमोजिम पूर्व सूचना दिनु पर्ने अवधि समाप्त नहुँदै निजले वस्तु धनीलाई त्यस्तो अवधिसम्म बुझाउनु पर्ने किस्ता रकम र त्यस उपर हायर पर्चेज करार बमोजिम ब्याज लाग्ने भए त्यस्तो ब्याज समेत भुक्तानी गरेमा हायर पर्चेज करार अन्त्य गर्न सकिने छैन । 

३) भाडामा लिने व्यक्तिले हायर पर्चेज करार वा दफा ६२९ वा ६३५ को शर्त पालना नगरेमा सम्बन्धित वस्तु धनीले कम्तीमा पन्ध्र दिनको सूचना दिई हायर पर्चेज करार अन्त्य गर्न सक्नेछ । 

४) उपदफा (१) वा (३) बमोजिम करार अन्त्य भएकोमा वस्तु धनीले भाडा दिएको वस्तुको सम्बन्धमा देहायको अधिकार प्रयोग गर्न सक्नेछ:- 

(क) त्यस्तो वस्तु जहाँ र जुन अवस्थामा छ त्यस्तो फिर्ता लिने र त्यसरी फिर्ता लिन नसकेमा जफत गर्ने, 

(ख) त्यस्तो वस्तु बापत भुक्तान भइसकेको रकममध्ये भाडा बापत निजले प्राप्त गर्न सक्ने रकम कायम गरी बढी भएको रकम फिर्ता लिन भाडामा लिने व्यक्तिलाई जानकारी गराउने,   

(ग) वस्तु भाडामा दिँदाका बखत भाडामा लिने व्यक्तिकाट कुनै धरौट रकम लिएको भए सो जफत गर्ने, 

(घ) भाडामा लिएको वस्तु जफत गर्ने सिलसिलामा प्रहरीको सहयोगमा वस्तु रहेको घरमा प्रवेश गर्ने, 

(ङ) भाडामा लिएको वस्तु समयमा नबुझाएकोले वा करार वा दफा ६२९ वा ६३५ को शर्त पालना नगरेबाट वस्तुको हानि, नोक्सानी भए बापत भुक्तानी भएको रकमबाट क्षतिपूर्ति असुल उपर गर्ने वा त्यस्तो दाबी गर्ने ।

५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडामा लिएको वस्तुको कम्तीमा आधारभूत मूल्य भाडामा लिने व्यक्ति, जमानत दिने वा लगानी गर्ने व्यक्तिले भुक्तान गरिसकेको भए वस्तु धनीले यस दफा बमोजिम हायर पर्चेज करार अन्त्य गर्न सक्ने छैन ।

स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “आधारभूत मूल्य” भन्नाले पचास हजार रूपैयाँसम्म तीन चौथाई र सो भन्दा बढी हायर पर्चेज मूल्य भएकोमा त्यस्तो मूल्यको कम्तीमा आधा रकम सम्झनु पर्छ ।

६) उपदफा (५) को प्रतिकूल हुने गरी वस्तुको धनीले हायर पर्चेज करार अन्त्य गरेमा भाडामा लिने व्यक्ति वा जमानत दिने व्यक्तिले हायर पर्चेज करार बमोजिम पूरा गर्नु पर्ने सम्पूर्ण दायित्वबाट मुक्त हुनेछ र निजले भाडामा लिएको वस्तु बापत भुक्तानी गरेको सम्पूर्ण रकम फिर्ता पाउनेछ ।

तर निजले भाडामा लिएको वस्तु सम्बन्धित वस्तु धनीलाई फिर्ता बुझाउनु पर्नेछ ।

७) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि करार अन्त्य गर्न नपाएको कारणले हायर पर्चेज करार बमोजिम भाडामा लिने व्यक्तिबाट त्यस्तो करार बमोजिम पाउनु पर्ने हायर पर्चेज मूल्य रकम दाबी गर्न पाउने अधिकारलाई कुनै किसिमले बाधा पुर्‍याएको मानिने छैन ।

८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६३५ बमोजिमको विवरण उपलब्ध नगराउने व्यक्तिसँग भएको हायर पर्चेज करार त्यस्तो वस्तुको धनीले अन्त्य गर्न सक्नेछ र त्यस्तो वस्तुको कुनै किसिमले हानि, नोक्सानी भएको रहेछ भने त्यस्तो हानी, नोक्सानी समेत दाबी गर्न सक्नेछ ।

Share this Law

दफा ६३६: वस्तु धनीले करार अन्त्य गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.