दफा ४९०: लेनदेन गरेको वस्तु कच्चा भएमा फिर्ता गर्नु पने

Estimated reading: 0 minutes 3 views

१) लिखतमा अन्यथा व्यवस्था भएकोमा बाहेक मूल्य राखी लेनदेन भएको कुनै वस्तु लिखतमा लेखिए बमोजिम नभई वा कुनै किसिमले कच्चा भई त्यस्तो वस्तु निजले भोग गर्न नसक्ने भागमा लेनदेन भएको मितिले पैँतीस दिनभित्र वस्तु दिने व्यक्तिलाई त्यस्तो कुराको सूचना गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम वस्तु लिने व्यक्तिबाट त्यस्तो कुराको सूचना प्राप्त भएमा र निजको कुरा मनासिब देखिएमा वस्तु दिनेसँग त्यस्तै प्रकारको अन्य वस्तु भए त्यस्तो वस्तु सट्टापट्टा गरिदिनु पर्नेछ र नभएमा आफ्नो वस्तु फिर्ता लिई त्यस्तो लेनदेनको सम्बन्धमा भएको लिखत फट्टा (निष्कृय) गरी दिनु पर्नेछ ।

३) उपदफा (२) बमोजिम वस्तु दिनेले त्यस्तो वस्तु सट्टापट्टा गरी नदिएमा वा आफ्नो वस्तु फिर्ता नलिएमा वस्तु लिनेले आफुलाई भएको हानी, नोक्सानी बापत सम्बन्धित व्यक्तिबाट त्यस्तो वस्तुको मूल्य बराबरको रकम तथा मनासिब क्षतिपूर्ति भराई लिन वा त्यस्तो लेनदेन बदर गराउन नालिस गर्न सक्नेछ ।

Share this Law

दफा ४९०: लेनदेन गरेको वस्तु कच्चा भएमा फिर्ता गर्नु पने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.